१६ बैशाख २०८३, बुधबार

भाषा/साहित्य

साहित्यकार किरणकुमार शर्माको ‘जीवनका भोगाइहरू’ लोकार्पण

साहित्यकार किरणकुमार शर्माको ‘जीवनका भोगाइहरू’ लोकार्पण

नेपाल । साहित्यकार किरणकुमार शर्मा पौडेलद्वारा लिखित ‘जीवनका भोगाइहरू’ लोकार्पण गरिएको छ । संस्कृतिविद् नयनाथ पौडेलले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । सो कायक्रममा डा. पौडेलले पुस्तकभित्र आममानिसको कथाव्यथा समेटिएको बताउनुभयो । डा. बालचन्द्र मिश्रले पुस्तकको समीक्षा गर्दै आफ्नै बारेमा लेख्नु कठिन कर्म हुँदाहुँदै पनि पुस्तकमा इमानदारितापूर्वक समाजको चित्रण गरिएको बताउनुभयो । डा. बेनी जङ्गमले ५० वर्षअघि आफ्नो परिचय हुँदा नै साहित्य र समाज सेवामा समर्पित लेखकको सक्रियता अझै पनि जीवन्त रहेको उल्लेख गर्नुभयो । प्राध्यापक दीपक जङ्गमले साहित्यका सबै विधामा लेखकको निपुणता पाएको बताउनुभयो । त्यस्तै भागवतवाचक आचार्य कपिलदेव सुवेदीले लेखकको योगदान साहित्यमा मात्र सीमित नरहेको उल्लेख गर्नुभयो । उहाँले विगत १० वर्षभन्दाअघिदेखि नै बर्सेनि सयौँ गरिब असहाय बालबालिकालाई सहयोग हुँदै आएको बताउनुभयो । ल...
नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई ‘रेखा पवन स्रष्टा सम्मान-२०८२’ समर्पण

नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई ‘रेखा पवन स्रष्टा सम्मान-२०८२’ समर्पण

नेपाल । नेपाल स्रष्टा समाजले ‘अभिव्यक्ति’ पत्रिकाका सम्पादक (हाल संरक्षक) नगेन्द्रराज शर्मा र ‘रचना’ पत्रिकाका सम्पादक रोचक घिमिरेलाई ‘रेखा–पवन स्रष्टा सम्मान—२०८२’ समर्पण गरेको छ । एक लाख १११ रुपैयाँ नगद राशिसहितको यो सम्मान दुवै स्रष्टालाई संयुक्त रूपमा प्रदान गरिएको हो । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्मान ग्रहण गर्दै अग्रज साहित्यिक पत्रकार शर्माले आफ्नो पूजा ‘अभिव्यक्ति’को काम र आफ्ना भगवान् साहित्य क्षेत्रमा क्रियाशील साथीहरू भएको बताए । अर्का सम्मानित स्रष्टा रोचक घिमिरेले यो सम्मान प्राप्त गरिरहँदा नेपाली भाषा साहित्यका क्षेत्रमा केही काम गरेका रहेछौँ भन्ने अनुभूति भइरहेको उल्लेख गरे । कार्यक्रममा सम्मानित स्रष्टाहरूको परिचय दिँदै साहित्यकार प्रमोद प्रधानले यी दुवै अग्रज साहित्यिक पत्रकारले सयौँ सर्जक जन्माएको चर्चा गर्दै यी दुवै उम्दा साहित्यकार र लेखक समेत भएको बताए ।...
आर सुरेन्द्रद्वारा लिखित तीर्थयात्राहरूको सँगालो ‘आशीर्वाद’ लोकार्पण

आर सुरेन्द्रद्वारा लिखित तीर्थयात्राहरूको सँगालो ‘आशीर्वाद’ लोकार्पण

नेपाल । लेखक आर सुरेन्द्रद्वारा लिखित तीर्थयात्राहरूको सँगालो ‘आशीर्वाद’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली लगायतले उक्त पुस्तक सार्वजनिक गरे । प्रमुख अतिथि पराजुलीले तीन ‘मा’ बोकेर आएको आशीर्वादले मातृत्व, मातृभूमि र मानवताका विषयमा चर्चा गरेको उल्लेख गरे । उनले सुरेन्द्रको यस यात्राकृतिमा सभ्यतासँग जोडिएका अभिव्यक्तिहरू रहेको बताए ।...
ज्ञानेन्द्र विवशद्वारा लिखित ५७ निबन्धको संग्रह ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक

ज्ञानेन्द्र विवशद्वारा लिखित ५७ निबन्धको संग्रह ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक

नेपाल । ज्ञानेन्द्र विवशद्वारा लिखित ५७ निबन्धको संग्रह ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक गरिएको छ । निबन्धकार विवशको यो नवीन कृति सुन्दर स्वदेश प्रकाशनले बजारमा ल्याएको हो । यसभित्र जीवनका विविध पाटा, प्रकृति, यात्रा, अध्यात्म, जन्म–मरण, सुखदुःख आदि पक्षमा निबन्धकारका अनुभूति अभिव्यक्त छ । कृतिमा समावेश निबन्ध सात भागमा विभाजन गर्न सकिने अग्रज निबन्धकार तथा समालोचक प्राडा माधवप्रसाद पोखरेलले बताएका छन् । यात्रा, दृश्य–दृष्टि, अनुभूति, स्मृति, फुर्सद, सौन्दर्यकेन्द्रित र विविधा यसमा रहेको उनले उल्लेख गरेका छन् । सबै निबन्धको मूलभूत विषय कुनै न कुनै पक्षको सौन्दर्य नै भएको उनले बताएका छन् । विवशका यसअघि ६ निबन्ध, तीन नियात्रा र पाँच जीवनीका कृति प्रकाशित छन् । ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ शीर्षकको नियात्रासंग्रह प्रकाशनको सँघारमा रहेको छ ।...
गीत: एउटाको तारिफ गर्दा अर्को रिसाइदिने…

गीत: एउटाको तारिफ गर्दा अर्को रिसाइदिने…

-लालगोपाल सुवेदी- एउटाको तारिफ गर्दा अर्को रिसाइदिने सर्पजीले दूधमा पनि बिखै मिसाइदिने !! सबैसंग कोइलीझैं मीठो बोलूँ भन्छु कसैको त नजरमा कसिंगरझैं बन्छु सकेनन् कि बुद्धले नि संसार रिझाउन मन छैन कसैको नि चित्त दुखाउन !! भन्न थाले कसैले त खुकुरी नै जाती गुहार गुहार भन्छन् यहाँ अचानोका साथी किन आज मौसमले आँधी हुरी डाक्छ ? मन्दिर जाने मान्छे पनि देखावटी लाग्छ । -हाल अमेरिका ।...
भीम राना ‘जिज्ञासु’को लघुकथाकृति ‘अर्थात् ऊ’ लोकार्पित

भीम राना ‘जिज्ञासु’को लघुकथाकृति ‘अर्थात् ऊ’ लोकार्पित

नेपाल । लेखक साहित्यकार भीम राना ‘जिज्ञासु’को दोस्रो लघुकथाकृति ‘अर्थात् ऊ’ एक कार्यक्रमबीच लोकार्पित भएको छ । यसअघि उनका विभिन्न विधाका गरी आठ पुस्तक प्रकाशित छन् । लघुकथा समाज, नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृति सार्वजनिक गर्दै समाजका संस्थापक अध्यक्ष तथा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृतिकार रानाले ४० को दशकदेखि नै लेख्दै आएको बताए । पत्रपत्रिकामा निरन्तर लेखिरहे पनि रानाले कृति प्रकाशनमा कहिल्यै हतार नगरेको उल्लेख गर्दै श्रीओमले भने, “राम्रो लेख्नुपर्छ, बीचमा देखिएको अन्तर आफैँ मेटिएर जान्छ ।” साहित्यकार ‘रोदन’ले आजको समयमा साहित्यमा निकै विकृति मौलाएको चर्चा गरे । कृतिका सम्पादक साहित्यकार विमल भौकाजीले कृतिकार रानाको लेखन यात्राको चर्चा गर्दै एउटा राम्रो कृति पाठकलाई दिएको बताए । कृतिकार रानाले यो लघुकथाकृति आउनुको सन्दर्भ चर्चा गर्दै अब साहित्यमा निरन्तर लाग्ने ...
विभिन्न विधामा ८३ जनालाई ‘इन्टरनेसनल अवार्ड’ प्रदान

विभिन्न विधामा ८३ जनालाई ‘इन्टरनेसनल अवार्ड’ प्रदान

नेपाल । अपन स्वर्ग नेपालद्वारा सुनसरीको इनरुवामा आयोजित अन्तर्राष्ट्रिय ‘अवार्ड’कार्यक्रममा विभिन्न विधामा ८३ जनालाई ‘इन्टरनेसनल अवार्ड’ प्रदान गरिएको छ । विभिन्न विधामा गरेको योगदानका आधारमा प्रदान गर्दै आएको ‘इन्टरनेसनल अवार्ड’ को दोस्रो संस्करणमा शनिबार ‘अवार्ड’ प्रदान गरिएको हो । कार्यक्रममा विभिन्न विधाका ८३ जनालाई ‘अवार्ड’, १५ जनालाई मायाको चिनो र ४५ जनालाई सम्मान प्रदान गरिएको छ । कार्यक्रममा साहित्यकार ममता मृदुललाई ‘अवार्ड’ प्रदान गरिएको छ । युवराज दाहाल, टङ्क भेटवाल र पत्रकार जयकृष्ण यादवलाईसमेत ‘अवार्ड’ प्रदान गरिएको थियो भने देश विदेशका सङ्गीतकार, गीतकार, गायक, ‘क्यामेरा मेन’, नायक, नायिका, निर्देशक, कलाकार, फिल्म निर्माता, किसान, सामाजसेवी, डाक्टर, वकिल, साहित्यकार, मुर्तिकार, ‘रेकर्डिङ स्टुडियो’, सङ्गीतकारलगायतका विधामा स्रष्टाहरूलाई ‘अवार्ड’ वितरण गरिएको हो । पत्रकार देवर...
प्रणय राणाले राजीनामा दिए पछि काठमाडौं ५ को रास्वपामा पहिरो

प्रणय राणाले राजीनामा दिए पछि काठमाडौं ५ को रास्वपामा पहिरो

नेपाल । प्रतिनिधि सभा सदस्य उम्मेदवार रहिसकेका प्रणय राणाले राजीनामा दिए पछि काठमाडौं ५ को रास्वपामा पहिरो गएको छ । बेथिति सुधारको साटो उल्टो अनियमतिता बढ्दै गएको भन्दै रास्वपाका काठमाडौं ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटका आवरणमा आर्थिक अनियमितता समेत भएको आरोप नेतृत्वमाथि लगाएका छन् । यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ । राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरु समिप घले र कवि थापा मगर छन् । यसैगरी, वडा पदाधिकारीहरु बुनपा ७ की प्रतिभ सेढ...
कोलोराडोमा हुने नेपाली साहित्य सम्मेलनलाई सफल पार्न स्पोन्सर ग्रहण गरी सहयोग गर्न अनुरोध

कोलोराडोमा हुने नेपाली साहित्य सम्मेलनलाई सफल पार्न स्पोन्सर ग्रहण गरी सहयोग गर्न अनुरोध

कोलोराडो । आगामी मे २२ देखि २४ सम्म अमेरिकाको कोलोराडोमा हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्न स्पोन्सर ग्रहण गरी सहयोग गर्न अनुरोध गरिएको छ । अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले ५००० डलरको डाइमण्ड, ३००० डलरको प्लाटिनम, २००० डलरको गोल्ड, १००० डलरको सिल्भर र ५०० डलरको ब्रञ्च मध्ये कुनै एक स्पोन्सर ग्रहण गरी सहयोग गरिदिन अनुरोध गरेका छन् । अनेसास केन्द्रीय समितिको आयोजना र कोलोराडो शाखाको संयोजनमा नवौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा सन् २०२६ को मे २२–२४ सम्म आयोजना गरिने लागेको केन्द्रीय महासचिव राजु सिटौलाले जनाएका छन् । सम्मेलनको तयारीको शिलशिलामा अनेसासको केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । उक्त उपसमितिको सदस्यहरुमा रमेश गुरुङ, वासुदेव खनाल, प्रकाश पौडेल, राज ढुङ्गाना, जगदीश...
कविता: क्रान्ति

कविता: क्रान्ति

-आर. आर. चौलागाईं- फोहर थुप्रिँदै गएपछि ग्याँस हुन्छ ग्याँस पनि जम्मा हुँदै गएपछि उकुसमुकुस हुन्छ उकुसमुकुस पनि थपिँदै गएपछि विस्टोफ हुन्छ अनि त्यही विस्फोट नै क्रान्ति हुन्छ । क्रान्ति भएपछि तहसनहस हुन्छ क्षतविक्षत हुन्छ परिवर्तन हुन्छ कि झन् बिग्रिन्छ कि सप्रिन्छ क्रान्तिको नायक खराब छ भने बिग्रिन्छ क्रान्तिको नायक असल छ भने सप्रिन्छ । म यतिखेर एउटा असल नायकको खोजीमा छु मलाई बिगार्नु छैन सपार्नु छ आउनोस् हामी सबै मिलेर एउटा असल नायकको खोजी गरौँ र क्रान्तिलाई सफल पारौँ । कहिलेकाहीँ बन्दूकबाट पनि क्रान्ति हुन्छ कहिलेकाहीँ मतदानबाट पनि क्रान्ति हुन्छ अहिले हामी मतदानबाट हुने क्रान्तिको बाटोमा छौँ । -हेटौंडा, मकवानपुर ।...