२० असार २०८३, शनिबार

लघुकथाः अमिलो मन

कोलोराडोखबर संवाददाता , July 4th, 2026

-आरसी रिजाल-
हितप्रसाद बाजेको मृत्यु भयो। केही बुढापाका मात्र उपस्थित छ्न् — युवाहरु छैनन् ।बुढापाका आफ्नै छोराहरुलाई फोन गर्छन् ।छोराहरु — बाँचुन्जेल नचाहिदो पार्टिमा लागे।हामिले सत्य र मानवताको पक्षमा वकालत गर्दा उल्टै जेलमा जाके ।त्यस्ता पातकीको मलामे जाँदा भोलि समाजमा कसरी मुख देखाएर हिड्नु ? साँच्चिकै स्वर्ग नर्क छ भने — यिनलाई काँध थापे बापत हामीले नर्क भोग्नुपर्छ भने।

बुढाहरुका अनुनय बिनयपछि केही युवा जम्मा भए। तर मृत शरीरलाई छुन कोहि अगाडि सरेनन् । हितप्रसादको आफन्तका अनुरोधलाई समेत टेरपुच्छर लाएनन्।

अन्तमा कार्की बुढा जङ्गे — हेर बाबू हो ! हिजोसम्म उहाँ कुनै पार्टीको पिछलग्गु भएर जस्तो व्यबहार गर्नुभो भो। मानौ उहाँमा दुष्ट आत्मा नै थियो रे! त्यो आत्माले त देहलाई त्यागीसक्यो। अब त उहाँ लास भैसक्नु भो । लासको कुनै पार्टी हुँदैन। तिमीहरु लासलाई काँध हाल्दैनौ भने हामी बुढाहरु मिलेर घिसारेर लान्छौँ। जसको भए पनि लास बोक्दा धर्म कमाइन्छ भने। अन्त्यमा युवाहरूले अमिलो मन पारेर लास बोके।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्