नेपालीको डिजिटल मार्केटिङ कम्पनी अष्ट्रेलियामा उत्कृष्ट
काठमाडौं । नेपालीले अष्ट्रेलियामा सञ्चालन गरेको डिजिटल मार्केटिंङ कम्पनी उत्कृष्टमा पर्न सफल भएको छ ।
अष्ट्रेलिया बस्ने नेपाली मूलका यूवाले संचालनमा ल्याएको डिजिटल मार्केटिंङ कम्पनी ‘डिजिटल एल्गोरिदम’ २०२३ को सिड्नीको स्थानीय व्यवसायलाई दिईने सम्मानका लागी उत्कृष्टमा परेको हो । सिड्नीको माउण्ट ड्रुईट सेन्ट मेरिज क्षेत्रमा रहेको डिजिटल मार्केटिङ कम्पनी आफ्नै क्षेत्रमा रहेका नयाँ व्यवसायहरू मध्येबाट छानिएर उत्कृष्टहरूमा परेको हो ।
डिजिटल मार्केटिङ कम्पनी ‘डिजिटल एल्गोरिदम’ले अष्ट्रेलियामा वेब डिजाईनिङ, वेब डेभलोपमेन्ट, सर्च ईन्जिन अप्टिमाईजेसन, ब्राण्डिङ साथै सम्पूर्ण डिजिटल मार्केटिङको काम गर्दछ । गत वर्षदेखि संचालनमा आएको डिजिटल कम्पनीले अष्ट्रेलियामा बिजनेस, माईग्रेसन, अष्ट्रेलियाको अध्ययन, करिअर विकास लगायतका क्षेत्रमा १० भन्दा बढी अनलाईन मिडिया संचालन गरिरहेको छ ।
‘डिजिटल एल्गो...



