२१ बैशाख २०८१, शुक्रबार

चन्द्रमामा पहिलो पटक अमेरिकी निजी कम्पनीको व्यावसायिक यान अवतरण

कोलोराडोखबर संवाददाता , February 24th, 2024

अमेरिका । अमेरिकाको एउटा निजी कम्पनी बिहीबार चन्द्रमामा आफ्नो अन्तरिक्षयान अवतरण गराउने पहिलो व्यावसायिक संस्था बनेको छ ।

ह्यूस्टनस्थित ‘इन्टूइटिभ मशीन्स’ले आफ्नो ओडिसिअस रोबट चन्द्रमाको दक्षिणी ध्रुवनजिकै सुरक्षित रूपमा अवतरण गराएको हो ।

पृथ्वीबाट उक्त अन्तरिक्षयानको उडान र अवतरण नियन्त्रण गर्ने टोलीलाई ओडिसिअस चन्द्रमामा ओर्लिएको निर्क्योल गर्न केही बेर लाग्यो । केही मिनेटमा सङ्केत पाएपछि उनीहरूले सफल अवतरणबारे जानकारी दिए ।

‘कुनै द्विविधाबिना हाम्रो उपकरण चन्द्रमाको सतहमा छ भन्ने हामी पुष्टि गर्न सक्छौँ अनि हामी सञ्चार गरिरहेका छौँ’, फ्लाइट निर्देशक टिम क्राइनले घोषणा गरे ।

उक्त खबरसँगै सो कम्पनीका कर्मचारीहरूले ताली बजाइर हर्षोल्लास गरेका थिए ।

इन्टूइटिभ मशीन्सको सफलता अन्तरिक्षको व्यावसायिक उपभोगका लागि मात्र नभएर सामान्य रूपमै समेत अमेरिकी अन्तरिक्ष कार्यक्रमका लागि महत्त्वपूर्ण उपलब्धि हो ।

अब चन्द्रमाको सतहमा आधा शताब्दीदेखि अमेरिकाको अनुपस्थिति मेटिएको छ ।

यसअघि सन् १९७२ अन्तिम अपोलो मिशनले नियन्त्रित रूपमा चन्द्रमामा अवतरण गरेको थियो ।
–बीबीसीबाट साभार ।

प्रतिक्रिया दिनुहोस्