२८ बैशाख २०८१, शुक्रबार

एनसेलको शेयर खरिद प्रकरण पेचिलो बन्दै, प्रक्रिया रोक्न लेखाको सरकारलाई निर्देशन

कोलोराडोखबर संवाददाता , December 7th, 2023

नेपाल । एनसेलको शेयर खरिद बिक्री प्रकरण निकै पेचिलो बन्दै गएको छ । यस प्रकरणमा ठूलै अनियमितताको षड्यन्त्र भएको चौतर्फी आशंका छ ।

यसैक्रममा बुधबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एनसेलको शेयर स्वामित्व खरिद बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले मलेसियाली कम्पनी आजियटाले एनसेलको आफूसँग रहेको शेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको विषय अवास्तविक, अपारदर्शी र अविश्वसनीय देखिएको भन्दै यस सम्बन्धमा विस्तृत अनुसन्धान हुनुपर्ने औंल्याएको छ ।

लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । त्यस्तै यस विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेको छ ।

प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेल को ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा सरकारको थप धारणा र अन्य महन्वपूर्ण समसामयिक विषयमा बुझ्न समितिको आगामी कुनै बैठकमा प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने’, समितिको निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्