जिमेलमा आयो यस्तो नयाँ अपडेड
– एजेन्सीहरुबाट । गुगलले हरेक जिमेल प्रयोगकर्तालाई १५ गिगाबाइटको निःशुल्क स्टोरेजको सुविधा प्रदान गर्दछ । जसको उपयोग प्रयोगकर्ताहरुले आफ्नो गुगल फोटोज, इमेल तथा गुगल ड्राइभका लागि गर्न सक्दछन् ।
कतिपय प्रयोगकर्तालाई त यत्ति नै स्टोरेज पर्याप्त हुन्छ । तर अधिकतम जिमेल प्रयोगकर्ताहरुको भने स्टोरेज भरिएर समस्या हुन थाल्छ ।
जिमेलको स्टोरेज कम भएपछि प्रयोगकर्तासँग दुईवटा विकल्प हुन्छन् । पहिलो, स्टोरेज खरिद गर्नु र दोस्रो चाहिं पुराना इमेलहरु डिलिट गर्नु ।
पहिलो तरिकामा पैसा खर्च गर्नुपर्दछ तर दोस्रो तरिका निस्शुल्क हुन्छ । जिमेलमा सबै इमेलहरुलाई एकै पटकमा डिलिट गर्न अहिलेसम्म सम्भव थिएन । तर अब भने सबै इमेललाई एकैपटकमा डिलिट गराएर इनबक्स खाली गराउन सकिने भएको छ । तपाईंले अब एक क्लिकमै जिमेलका सबै इमेल डिलिट गर्न सक्नुहुनेछ । कसरी गर्ने त ?
सबैभन्दा पहिले आफ्नो फोन वा ल्याबटपको वे...
