२८ बैशाख २०८१, शुक्रबार

एनसेलको शेयर बिक्रीमा के भएको हो ?, छानबीन गर्न प्रधानमन्त्रीको निर्देशन

कोलोराडोखबर संवाददाता , December 5th, 2023

नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्रीबारे गम्भीर चासो राख्दै छानबीनका लागि निर्देशन दिएका छन् ।

यसप्रकरणमा प्रचलित कानूनी प्रावधानको पालना भए नभएको अध्ययन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यता सोमबारनै सिंहदबारमा सम्पादकहरूसँग कुरा गर्दै एनसेलको शेयर बिक्रीबारे सरकारले टीम नै बनाएर अध्ययन गरिरहेको बताएका थिए । सरकारको सहमतिबिना एनसेल किनबेच हुन नसक्ने उनको भनाई थियो ।

एनसेलको ठूलो लगानीकर्ता मलेसियन कम्पनी आजिआटाले एक बेलायती कम्पनीलाई शेयर बेचेपछि यसको चर्चा चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्