३ आश्विन २०८३, शनिबार

खेलकुद

विश्वकप फुटबल प्रतियोगतामा नेदरल्याण्ड, जर्मनी, क्यानडा, ब्राजिल र पाराग्वे विजयी

विश्वकप फुटबल प्रतियोगतामा नेदरल्याण्ड, जर्मनी, क्यानडा, ब्राजिल र पाराग्वे विजयी

नेपाल । ब्रायन ब्रोबी र कोडी गाक्पोको उत्कृष्ट दुई–दुई गोलको मद्दतले नेदरल्याण्ड्सले स्विडेनमाथि ५–१ को सानदार जित निकाल्दै फिफा विश्वकप २०२६ को समूह एफको शीर्ष स्थानमा उक्लिएक छ । खेल सकिनै लाग्दा ८९औँ मिनेटमा निकै प्रभावशाली देखिएका क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्ड्सलाई ५–१ को फराकिलो जित दिलाए । यता, वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डेनिज उन्दाभले दुई उत्कृष्ट गोल गरेपछि जर्मनी फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेको छ । टोरन्टो स्टेडियममा भएको रोमान्चक खेलमा जर्मनीले आइभोरी कोस्टलाई २–१ ले पाखा लगाउँदै नकआउट चरणको यात्रा तय गरेको हो । यसैबीच, विश्वकप फुटबल प्रतियोगता–२०२६ मा नयाँ नायकका रूपमा क्यानडाका जोनाथन डेभिडको उदय भएको छ । डेभिडले ह्याट्रिक गरेपछि शुक्रबार सहआयोजक क्यानडाले एसिया च्याम्पियन कतारलाई ६–० ले नराम्ररी हरायो । उता, विश्वकप फुटबलअन्तर्गत समूह ...
सहआयोजक अमेरिका अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश

सहआयोजक अमेरिका अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश

नेपाल । फिफा विश्वकप फुटबल–२०२६ मा अष्ट्रेलियालाई पराजित गर्दै सहआयोजक अमेरिका नकआउट चरण प्रवेश गरेको छ । अमेरिकाको सिएटल स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोल अन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो । विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो । अमेरिकाको जितमा एलेक्स फ्रिम्यानले एक गोल गरे भने एक गोल उपहार प्राप्त गर्यो । खेल शुरूआती ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता लियो । अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर प्राप्त गर्यो । त्यसपछि खेलको ४३औँ मिनेटमा अमेरिकाका एलेक्सले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत अम...
मेक्सिकोद्वारा दक्षिण कोरिया १-० गोलले पराजित

मेक्सिकोद्वारा दक्षिण कोरिया १-० गोलले पराजित

नेपाल । फिफा विश्वकपमा घरेलु टोली मेक्सिकोसँग दक्षिण कोरिया स्तब्ध बनेको छ। समूह ए अन्तरगत रोमाञ्चक खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोलले पराजित गर्‍यो। ग्वाडालाजारा रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मेक्सिकोलाई जिताउन लुइस रोमोले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। उनले ५०औँ मिनेटमा गोल गरे। खेलको पहिलो हाफ दुवै टोलीले आक्रामक रणनीति अपनाए पनि गोलरहित बराबरीमा सकिएको थियो। दक्षिण कोरियाको बलियो रक्षापंक्तिलाई तोड्न मेक्सिकोले निकै संघर्ष गर्नुपरेको थियो। तर, दोस्रो हाफ सुरु भएको पाँचौँ मिनेटमै मेक्सिकोले सफलता पायो। घरेलु समर्थकको साथ पाएको मेक्सिको समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। पराजित दक्षिण कोरिया ३ अंकका साथ दोस्रो स्थानमा छ। बिहीबार राति भएको यही समूहको अर्को खेलमा दक्षिण अफ्रिका र चेजियाले बराबरी खेल्दै अंक बाँडेका छन्।...
फिफा विश्वकपः क्यानडा, दक्षिण अफ्रिका, स्विट्जरल्याण्ड र घानाको जीत

फिफा विश्वकपः क्यानडा, दक्षिण अफ्रिका, स्विट्जरल्याण्ड र घानाको जीत

नेपाल । फिफा विश्वकप २०२६ मा क्यानडाले ९ खेलाडीमा समेटिएको कतारलाई आधा दर्जन गोल हानेको छ । भ्यान्कुभरको बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६–० को फराकिलो र ऐतिहासिक जित दर्ता गरेको हो । क्यानडाको यस एकपक्षीय जितमा स्टार स्ट्राइकर जोनाथन डेभिडले उत्कृष्ट ह्याट्रिक गरे। यता, अन्तिम समयको पेनाल्टी गोलको मद्दतले दक्षिण अफ्रिकाले चेकियासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । एटलान्टा स्टेडियममा भएको यस बराबरीसँगै फिफा विश्वकपको समूह एमा रहेका दुवै टोलीको खातामा समान १–१ अंक जोडिएको छ। उता, जोहान मन्जाम्बीको उत्कृष्ट खेलको मद्दतमा १० खेलाडीमा समेटिएको बोस्निया एण्ड हेर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्विट्जरल्याण्ड समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। फ्राइबर्गका यी मिडफिल्डरले दोस्रो हाफमा मैदान छिर्दै दुई गोल गरेपछि स्विट्जरल्याण्डले एकपक्षीय जित निकाल्न स...
इङ्गल्यान्डद्वारा क्रोएसिया ४-२ ले पराजीत, घानाको जीत, कङ्गो र पोर्चुगल बराबरी

इङ्गल्यान्डद्वारा क्रोएसिया ४-२ ले पराजीत, घानाको जीत, कङ्गो र पोर्चुगल बराबरी

नेपाल । कप्तान ह्यारी केनको दुई गोल तथा जुड बेलिङ्घम र मार्कस रासफोर्डको उत्कृष्ट प्रदर्शनको मद्दतले इङ्गल्यान्डले फिफा विश्वकपको आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा जित निकाल्दै इङ्गल्यान्डले लगातार तेस्रो विश्वकपमा विजयी सुरुवात गर्ने कीर्तिमान समेत बनाएको छ । इङ्गल्यान्डका लागि केनले दुई तथा बेलिङ्घम र रासफोर्डले एक–एक गोल गरे। क्रोएसियाका मार्टिन बातुरिना र पेटार मुसाको गोल टोलीलाई जित दिलाउन पर्याप्त बनेन । यता फिफा विश्वकप २०२६ को समूह एल अन्तर्गत क्यानडाको टोरन्टो रङ्गशालामा भएको रोमाञ्चक खेलमा घानाले पानामामाथि १–० को कठिन तर महत्त्वपूर्ण जित निकालेको छ । खेलको अन्तिम समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि बराबरीमा सकिने अनुमान गरिएका बेला घानाले इन्जुरी समयमा निर्णायक गोल गर्दै स्पष्ट ३ अङ्क जोड्न सफल भयो। खेलको ९० औँ मिनेटपछ...
डेब्यु गरेको एसियाली टोली जोर्डनमाथि अस्ट्रियाको सहज जित

डेब्यु गरेको एसियाली टोली जोर्डनमाथि अस्ट्रियाको सहज जित

नेपाल । विश्वकपमा डेब्यु गरेको एसियाली टोली जोर्डनमाथि अस्ट्रियाले सहज जित निकालेको छ । अमेरिकास्थित सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा बुधबार बिहान भएको समूह ‘जे’ को खेलमा अस्ट्रियाले जोर्डनलाई ३–१ गोलले हरायो । अस्ट्रियाका लागि रोमानो स्मिडले २१औँ र मार्को अर्नाउटोभिकले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमा गोल गर्नुभएको थियो । अस्ट्रियाले अर्को गोल ७६औँ मिनेटमा आत्मघाती उपहार पाएको थियो । जोर्डनका लागि ५०औँ मिनेटमा अली ल्याद ओल्वानले उत्कृष्ट गोल गर्नुभएको थियो । पहिलो जितसँगै तीन अङ्क बनाएको अस्ट्रिया दोस्रो स्थानमा छ । यस समूहको शीर्षस्थानमा रहेको साविक विजेता अर्जेन्टिनाको पनि तीन अङ्क छ । बुधबार बिहानै भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हराएको थियो । अर्जेन्टिनाको जितका कप्तान लियोनल मेस्सीले ह्याट्रिक गर्नुभएको थियो । जारी विश्वकपमा मेस्सीको यो पहिलो ह्याट्रिक ...
लियोनेल मेसीको कीर्तिमानी ह्याट्रिक, अल्जेरिया पराजीत

लियोनेल मेसीको कीर्तिमानी ह्याट्रिक, अल्जेरिया पराजीत

नेपाल । लियोनेल मेसीले कीर्तिमान आफ्नो छैटौँ विश्वकपको सुरुवात ह्याट्रिकसहित गर्नुभएको छ । मेसीले बुधबार अल्जेरियाविरुद्धको खेलमा तीन गोल गरेर विश्वकपका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजको बराबरी गर्नुभएको हो । यी दुवै खेलाडीले विश्वकपमा कुल १६–१६ गोल गर्नुभएको छ । मेसीको ह्याट्रिकमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएर विजयी सुरुवात गर्यो । अमेरिकाको कान्सास सिटीमा रहेको एरोहेड रङ्गशालामा उपस्थित ६९,०४५ दर्शक सामु ३८ वर्षीय मेसीले आफ्नो २०० औँ अन्तर्राष्ट्रिय खेललाई विशेष बनाउनुभयो । समूह ‘जे’ अन्तर्गत भएको खेलमा अल्जेरियाविरुद्ध खेल्दै मेसी छ विश्वकप खेल्ने पहिलो खेलाडी पनि बन्नुभयो । सन् २००६ मा किशोर उमेरमा हुँदा मेसीले जर्मनीमा पहिलो विश्वकप खेल्नुभएको थियो । १८ वर्षको उमेरमा मेसीले सर्बिया मोन्टेनेग्रोबिच खेलेर विश्वकपमा पदार्पण गर्नुभएको हो । उहाँले ...
फ्रान्सद्वारा सेनेगल ३-१ गोल अन्तरले पराजित

फ्रान्सद्वारा सेनेगल ३-१ गोल अन्तरले पराजित

नेपाल । कप्तान किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले फ्रान्सले फिफा विश्वकप २०२६ मा रोमाञ्चक जितसहित आफ्नो यात्रा सुरु गरेको छ । न्युजर्सी स्टेडियममा भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको हो। यस जितसँगै फ्रान्सले सन् २००२ को विश्वकपमा सेनेगलसँग बेहोरेको ऐतिहासिक हारको बदला समेत लिएको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्स आक्रामक रूपमा प्रस्तुत भयो। डेजायर डोउको उत्कृष्ट प्रहारसँगै फ्रान्सले लय समात्यो। खेलको ६६औँ मिनेटमा माइकल ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै किलियन एम्बाप्पेले फ्रान्सलाई १–० को अग्रता दिलाए। यो गोलसँगै उनले ओलिभियर जिरुडको ५७ गोलको कीर्तिमान बराबरी गरे। ८२औँ मिनेट वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका ब्राड्ली बारकोलाले फ्रान्सका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। सेनेगलको सान्त्वना गोल (९०ंऔँ मिनेट) खेलक...
नर्वेद्वारा इराकमाथि ४-१ को सहज जित दर्ता

नर्वेद्वारा इराकमाथि ४-१ को सहज जित दर्ता

नेपाल । फिफा विश्वकपमा नर्वेले इराकमाथि ४–१ को सहज जित दर्ता गरेको छ। बोस्टन स्टेडियममा भएको भिडन्तमा नर्वेका स्टार स्ट्राइकर इर्लिङ हालान्डले दुई गोल गर्दै टिमको जित सुनिश्चित गरे। ४० वर्षपछि विश्वकपमा फर्किएको इराक र २८ वर्षपछि मैदान उत्रिएको नर्वे दुवैका लागि यो खेल निकै महत्त्वपूर्ण थियो ।
न्युजिल्यान्ड र इरानले २-२ गोलको बराबरी खेले

न्युजिल्यान्ड र इरानले २-२ गोलको बराबरी खेले

नेपाल । न्युजिल्यान्ड र इरानले फिफा विश्वकपको पहिलो खेलमा बराबरी खेल्दै अङ्क बाँडेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा मङ्गलबार बिहान भएको खेलमा न्युजिल्यान्ड र इरानले २–२ गोलको बराबरी खेले । समूह ‘जी’ को पहिलो खेलमा न्युजिल्यान्ड दुईपटक लिएको अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो । प्रतिस्पर्धात्मक खेलमा न्युजिल्यान्डका लागि दुवै गोल एलिजा जस्टले गर्नुभयो । उहाँले सातौँ र ५४औँ मिनेटमा गोल गर्नुभएको थियो । यस्तै इरानका लागि रामिन रेजायनले ३२औँ र मोहम्मद मोहेबीले ६४औँ मिनेटमा गोल गर्नुभयो । बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बनाएका छन् । यस्तै यही समूहको अर्को खेलमा बेल्जियम र इजिप्टले पनि १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । रोमाञ्चक खेलमा सुरुवाती अग्रता इजिप्टले लिएको थियो । मिडफिल्डर इमाम शोउरले १९औँ मिनेटमा गोल गर्दै इजिप्टको उत्साह जगाउनुभयो । तर बेल्जियमले दोस्रो हाफमा ...