नेपाल । फिफा विश्वकप २०२६ अन्तर्गत कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक खेलमा कोलम्बियाले घानामाथि १–० गोलको संघर्षपूर्ण जित दर्ता गरेको छ।
खेलको सुरुवाती समयमै लिएको अग्रतालाई अन्तिम समयसम्म टिकाइराख्दै कोलम्बियाले खेल आफ्नो पक्षमा पारेको हो। खेलको खेलको १४ औँ मिनेटमा कोलम्बियाका जोन एरियसनले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एरियसनले गरेको त्यही एकमात्र गोल नै खेलको निर्णायक गोल साबित भयो।
दोस्रो हाफ र इन्जुरी समयमा एक गोलले पछि परेको घानाले दोस्रो हाफमा खेलमा फर्कन निकै प्रयास गर्यो। घानाका स्ट्राइकरहरूले कोलम्बियाको रक्षापंक्ति भत्काउन लगातार आक्रमण गरे पनि सफल हुन सकेनन्।
खेलमा थपिएको अतिरिक्त समय ९इन्जुरी समय० को आठौँ मिनेटसम्म दुवै टोलीबीच निकै तनावपूर्ण र प्रतिस्पर्धात्मक खेल भएको थियो।
कोलम्बियाको बलियो डिफेन्स र गोलकिपरको उत्कृष्ट बचाउका कारण घाना गोल फर्काउनबाट चुक्यो। जितपछि अब अन्तिम १६ मा कोलम्बियाले स्विटजरल्याण्डसँग खेल्नेछ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्