नेपाल । फिफा विश्वकप २०२६ अन्तरगत सिएटलमा भएको खेलमा बेल्जियमले सेनेगलविरुद्ध २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै ३–२ को सनसनीपूर्ण जित हात पारेको छ।
खेलको २५औँ मिनेटमा हबिब डियारा र ५१औँ मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई बलियो अग्रता दिलाएका थिए ।
तर, खेलको अन्त्यतिर बेल्जियमले चमत्कारिक प्रदर्शन गर्यो । ८६औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काए भने ८९औँ मिनेटमा युरी टिलेमान्सले हेडमार्फत बराबरी गोल गरे ।
अतिरिक्त समयको अन्तिम मिनेट १२.०५ मा टिलेमान्सले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई अन्तिम १६ मा पुर्याए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्