नेपाल । फिफा विश्वकप २०२६ मा पोर्चुगलले क्रोएसियालाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ।
क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा पोर्चुगल २–१ ले विजयी भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफ सुरु भएको केही बेरमै ५३औं मिनेटमा क्रोएसियाका अनुभवी खेलाडी इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई १–० को सुरुवाती अग्रता दिलाएका थिए।
एक गोलले पछि परेको पोर्चुगलले खेलमा फर्कन निकै दबाब बढाएको थियो। खेलको ६८औं मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो, जसमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै गल्ती नगरी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
खेल अतिरिक्त समय तर्फ धकेलिने निश्चित जस्तै देखिएका बेला, इन्जुरी समयको चौथो मिनेटमा सब्सटिच्युट खेलाडी गोन्सालो रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक अग्रता दिलाए।
अब पोर्चुगलले राउन्ड अफ १६ मा स्पेनको सामना गर्नेछ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्