११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

रास्वपाको सचिवालय बैठकबाट स्थानीय निर्वाचन र महाधिवेशन कार्यविधि पारित

रास्वपाको सचिवालय बैठकबाट स्थानीय निर्वाचन र महाधिवेशन कार्यविधि पारित

नेपाल । रास्वपाले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सरकारलाई सुझाव दिएको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले मुलुकभरको अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न र वास्तविक भूमिहीनको समस्या समाधान गर्न यस्तो सुझाव दिने निर्णय गरेको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आफ्नो वाचापत्रको बुँदा नंं. ८२ को मर्मअनुरूप असुरक्षित रूपमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्राथमिकता दिएको छ। प्राधिकरणले प्रतिवेदन नबुझाएसम्म वास्तविक सुकुम्बासीका बस्तीमा कुनै पनि कारबाही अगाडि नबढाउन सरकारलाई आग्रह गरिएको छ। साथै, स्थानीय सरकारहरूले आफ्नो क्षेत्राधिकार प्रयोग गरी संरचना भत्काइरहेको सन्दर्भमा पनि सुकुम्बासी व्यवस्थापनको मर्मअनुरूप नै काम गर्न रास्वपाले अनुरोध गरेको छ। बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न...
सुकुम्बासी वस्तीमा भइरहेको डोजर अभियान विरुद्ध सडक संघर्ष गर्ने चेतावनी

सुकुम्बासी वस्तीमा भइरहेको डोजर अभियान विरुद्ध सडक संघर्ष गर्ने चेतावनी

नेपाल । वित्तीय उत्पीडन विरुद्धको संघर्ष समितिले सार्वजनिक जग्गा अतिक्रमणको नाममा सुकुम्बासी वस्तीमा भइरहेको डोजर अभियान विरुद्ध सडक संघर्ष गर्ने जनाएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वित्तीय संस्थाहरुको मारमा सबैभन्दा बढी सुकुम्बासी परेको बताएका छन् । संघर्ष समितिको घोषणा कार्यक्रममा संयोजक मातृका अधिकारीले अखिल नेपाल सुकुम्बासी संघले सरकारी डोजर विरुद्धको आमहड्ताल कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् । आफूहरुले श्रमीक, किसान, साना तथा मध्यम व्यवसायी उत्पीडित नेपाली जनताको सझा आवाज र न्यायका लागि संघर्ष समिति भएको अधिकारीले जनाए । बालेन सरकार आउनेवित्तिकै गरिव र निम्न वर्गमाथि प्रहार तिब्र बनाएको बताउँदै भने,“सुम्बासी बस्तीमा डोजर लगाएर गरिबी उन्मुलन हैन कि सिधै गरिब जनतालाई सिद्याउने दिशामा गयो, जुन कदम हामीलाई सह्य छैन ।” “रास्वपाका धनाड्यहरुले गरिब तथा म...
अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

नेपाल । काठमाडौँ महानगरपालिका–२३ जोरगणेश ओमबहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिवेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो । पुरातत्व विभाग, नेपाली सम्पदा अभियन्ताहरूले मूर्ति फिर्ता ल्याउने प्रक्रियामा आफूलाई समर्पित गरेपछि फिर्ता भएको मूर्ति राष्ट्रिय सङ्ग्रहालयमा राखेर संरक्षण गरिएको थियो । शुक्रबार वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर विहारमा मूर्तिलाई मूल आसनमा पुनःस्थापित गरिएको हो । हनुमानढोकाबाट विहारमा मूर्ति लैजाँदा कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडा न २३ वडाध्यक्ष मचाराजा महर्जन, सदस्यहरु, सम्पदा अभियन्ताहरु, गुठि खल पुचका प्रतिनिधिहरुले बाजागाजासहित उत्सव गर्नुभएको थियो । त्यस अवसरमा...
बालेन सरकारले राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ जना पदाधिकारी एकमुष्ट रूपमा पदमुक्त गर्दै

बालेन सरकारले राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ जना पदाधिकारी एकमुष्ट रूपमा पदमुक्त गर्दै

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रीपरिषद्को सिफारिसमा शनिबार यी तीन अध्यादेश जारी गर्नुभएको हो । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचना अन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ जना पदाधिकारी एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन् । प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईंले पदमुक्तपछि रिक्त पदमा सरकारले नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो । सञ्चार, हवाई सेवा र मुद्रण क्षेत्रको पदमुक्ति ...
विश्वभर आइतबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

विश्वभर आइतबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

नेपाल । नेपालसहित विश्वभर आइतबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विन्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउन शुरु गरिएको हो । विश्व प्रेस स्वतन्त्रता दिवसको यस बर्षको नारा ‘शान्तिमा भविष्य निर्माणस् मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ रहेको छ। यस नाराले पारदर्शिता प्रवर्द्धन गर्ने, गलत सूचनाको प्रतिरोध गर्ने र द्वन्द्वको समयमा लोकतन्त्रको रक्षा गर्ने क्षमतामा केन्द्रित हुँदै शान्ति निर्माण उपकरणको रूपमा पत्रकारिताको महत्त्वपूर्ण भूमिकालाई जोड दिएको युनेस्कोले जनाएको छ। अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न स...
राष्ट्रपति रामचन्द्र पौडेलबाट थप तीन वटा अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलबाट थप तीन वटा अध्यादेश जारी

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा शनिबार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने सम्बन्धी अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कायालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत् जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ शनिबार जारी गर्नुभएको हो । राष्ट्रपति पौडेलले यसअघि सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्य...
रास्वपा सभापति लामिछानेसँग अमेरिकी विशेष दूत सर्जियो गोरको भेटवार्ता

रास्वपा सभापति लामिछानेसँग अमेरिकी विशेष दूत सर्जियो गोरको भेटवार्ता

नेपाल । रास्वपा सभापति रवि लामिछानेसँग अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले भेट गर्नुभएको छ । सत्तारुढ दलका सभापति लामिछानेसँग शनिबार भेटवार्ता भएको विशेष दूत गोरले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी गराउनुभएको हो । भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबिचको साझेदारीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको उहाँले उल्लेख गर्नुभएको छ । भेटका क्रममा राजदूत गोरले नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि ठुलो जनादेश रहेको उल्लेख गर्दै सरकारद्वारा घोषित सुधारका योजना आशालाग्दो रहेको विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा नेपालसँग नजिक रहेर सहकार्य गर्न आफू उत्सुक रहेकोसमेत बताउनुभएको छ । सभापति लामिछानेसँगको भेटको तस्बिर राख्दै गोरले लेख्नुभएको छ, ‘नेपालमा नयाँ सरकारसँग परिवर्तनका लागि अतुलनीय जनादेश छ र उनीहरूले घोषणा गरेका सुधार निकै आशलाग्दा छन् । आगा...
छिमेकी मुलुकसँगको समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टिकोण आवश्यकः गगन थापा

छिमेकी मुलुकसँगको समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टिकोण आवश्यकः गगन थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छिमेकी मुलुकहरूसँगका विद्यमान समस्या समाधानका लागि नेपालले स्पष्ट र साझा राष्ट्रिय दृष्टिकोणका साथ कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परराष्ट्र नीतिका सवालमा सिङ्गो मुलुक एक ठाउँमा उभिएर छिमेकी देशहरूसँग संवाद गर्नुपर्ने आवश्यकता औंल्याए। सभापति थापाले विशेष गरी भारत सरकारले नेपाली चियामा हालै लगाएको करका कारण नेपालको चिया उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । एउटा ठुलो उद्योगका रूपमा स्थापित हुँदै गरेको चिया क्षेत्र भारतीय करका कारण ुचौपटु हुने स्थितिमा पुगेकाले सरकारले तत्काल कूटनीतिक संवादमार्फत नेपाली उत्पादनलाई सहुलियत दिलाउनुपर्ने उनको माग छ । त्यस्तै, चीनसँगको व्यापारिक सम्बन्धका बारेमा बोल्दै थापाले उत्तरी नाकाहरूमा भइरहेको अवरोधप्र...
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री

साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुने बताउनुभएको छ । पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका सुअवसरमा सामाजिक सञ्जालमार्फत सम्पूर्णमा दिनुभएको प्रज्ञामय शुभकामनामा उहाँले त्यो ‘ज्ञ’ ज्ञान भएको स्पष्ट गर्नुभएको छ । बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सन्देशमा शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभएको छ, “बुद्धले भन्नुभयो–दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ । बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो, उज्यालोको अभाव नै अँध्यारो होस जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ, हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारण...
राष्ट्रपतिबाट सम्पत्ति शुद्धिकरण-निवारण अध्यादेश, २०८३ जारी

राष्ट्रपतिबाट सम्पत्ति शुद्धिकरण-निवारण अध्यादेश, २०८३ जारी

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण –निवारण अध्यादेश, २०८३ जारी गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश शुक्रबार अध्यक्षदेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको हो । यसअघि उहाँले बिहीबार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिसक्नु भएको छ ।...