१२ जेष्ठ २०८३, मंगलवार

इयुमा आबद्ध देशका गैरआवासीय राजदूतसँग प्रधानमन्त्री बालेनले भेटवार्ता गर्दै

कोलोराडोखबर संवाददाता , May 26th, 2026

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले मङ्गलबार काठमाडौँस्थित युरोपेली सङ्घ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ ।

प्रधानमन्त्री शाहले मङ्गलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने छ ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्