नेपाल । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता गर्ने आदेश गरेको छ।
न्यायाधीश हिमलाल बेलबासेको शुक्रबारको इजलासले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
अब लामिछानेमाथि यहाँ सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै कायम रहेको छ।
तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत रविको दुईवटा कसुर झिक्ने र सहकारी ठगीसम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन परेको थियो।
अदालतको पछिल्लो आदेशसँगै लामिछाने, सूर्यदर्शन सहकारी मुद्दामा जोडिएका जीबी राई (गितेन्द्रबाबु राई), पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूविरुद्ध अब सहकारी ठगीसम्बन्धी मुद्दामात्रै चल्ने छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्