१० भाद्र २०८३, बुधबार

राजनीति/समाज

नेपाल-भारत सीमा समन्वय समितिको बैठक सम्पन्न

नेपाल-भारत सीमा समन्वय समितिको बैठक सम्पन्न

नेपाल । कञ्चनपुरको महेन्द्रनगरमा नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको छ । बैठकमा कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी थिए भने भारततर्फ सम्बन्धित जिल्लाधीश भारतीय प्रहरी तथा सीमा सुरक्षा बलका अधिकारी सहभागी हुनुहुन्थ्यो । बैठकको सहअध्यक्षता गर्नुभएका कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीका अनुसार नेपाल–भारत सीमा व्यवस्थापनका लागि भइरहेका कामकारबाही, सीमा स्तम्भको अवस्था, मर्मत–सम्भार तथा पुनःनिर्माणलगायत विषयमा छलफल भएको थियो । पारस्परिक सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समझदारी भएको जानकारी दिँदै प्रजिअ रेग्मीले भन्नुभयो “सीमा स्तम्भको मर्मत–सम्भार, हराएका स्तम्भको खोजी गरी पुनःनिर्माण तथा आवश्यक मर्मतलाई अघि बढाइनेछ ।” बैठकमा हराएका सीमा स्तम्भ...
परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

नेपाल । चीनको चारदिने औपचारिक भ्रमणमा जानुभएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । परराष्ट्रमन्त्री खनाल चीनको विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुग्नुभएको हो । उहाँलाई बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो । आइतबार अपराह्न परराष्ट्रमन्त्री खनाल उहाँको सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको दूतावासले जनाएको छ । कार्यक्रममा उहाँले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्...
राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राष्ट्रवादी पार्टी !

राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राष्ट्रवादी पार्टी !

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्टी निर्माण प्रक्रिया सुरु भएको बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेता राणाले नयाँ पार्टीको नेतृत्व दुर्गा प्रसाईंले गर्ने स्पष्ट पार्नुभयो । प्रसाईंले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा बोकेर देशव्यापी रूपमा नागरिकको विश्वास जितेकाले उहाँकै नेतृत्वमा पार्टी अघि बढ्ने उहाँको भनाइ थियो । नयाँ बन्ने पार्टीले राजासहितको प्रजातन्त्रको वकालत गर्ने र मुलुकमा हिन्दु राष्ट्र कायम गराउने संकल्प लिएको नेता राणाले बताउनुभयो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई इमान्दारिताका साथ अघि नबढाएका कारण आफूहरूले नयाँ पार्ट...
जनतासँगको सम्बन्ध सुधार तथा गुमेको जनमत पुनः आर्जन गर्ने एमालेको ‘६ ज’ नीति

जनतासँगको सम्बन्ध सुधार तथा गुमेको जनमत पुनः आर्जन गर्ने एमालेको ‘६ ज’ नीति

नेपाल । नेकपा एमालेले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै देशव्यापी रूपमा ‘मिसन जागरण’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले केन्द्रीय सदस्यलाई प्रत्यक्ष रूपमा स्थानीय तहमा खटाएर सङ्गठन सुदृढीकरण, जनतासँगको सम्बन्ध सुधार तथा गुमेको जनमत पुनः आर्जन गर्ने रणनीति अघि सारेको जनाएको हो । जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’ नीति अघि सारेको छ । यस अन्तर्गत जनतामा जाने, जनताका कुरा सुन्ने, जनप्रिय बन्ने, जनसङ्गठन परिचालन गर्ने, जनताको बहुदलीय जनवाद (जबज) आत्मसात् गर्ने तथा जनमतका आधारमा सक्षम नेतृत्व तयार गर्ने लक्ष्य राखिएको छ । एमाले नेतृ भक्तकुमारी लामाले अभियानका लागि तयार गरिएको ३१ पृष्ठ लामो अवधारणापत्रमा विगतका निर्वाचन परिणाम, पार्टीले बेहोरेको राजनीतिक उतारचढाव, सङ्गठन कमजोर हुनुका कारण र आगामी रणनीतिबारे विस्तृत विश्लेषण गरिएको छ । उहाँले यो अभियान केवल सङ्ग...
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु !- प्रधानमन्त्री बालेन

हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु !- प्रधानमन्त्री बालेन

नेपाल । प्रधानमन्त्री बालेन शाहले आफ्नो टोलीको तस्वीर सार्वजनिक गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्वीर सेयर गरेका हुन् । तस्वीर मा कालो पहिरनमा देखिएका प्रधानमन्त्री शाहले दुई मन्त्रीलाई बीचमा बसेर अँगालो हालेका छन् । उनले उक्त पोस्टको क्याप्सनमा ‘देश बनाउने टोली’ लेखेका छन् । यसैबीच प्रधानमन्त्री बालेन शाहले आफूले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर अनेक टिप्पणी हुन थालेपछि प्रष्टीकरण दिएका छन्। उनले भनेका छन्, ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन’, उनले लेखेका छन्, ‘दुःख त्यो दिन मान्नु , जुन दिन म जिस्किन छोड्छु ।’...
बीबीसीको मास्टर्स सेफ विजेता सन्तोष साह पक्राउ

बीबीसीको मास्टर्स सेफ विजेता सन्तोष साह पक्राउ

नेपाल । बीबीसीको सन् २०२१ मा बीबीसीको मास्टर्स सेफ विजेता सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई धनुषाको मिथिला थाली रामानन्द चोकबाट पक्राउ गरेको हो । शुक्रबार राति उनी समातिएका हुन् । काठमाडौँका रेष्टुरेन्ट खरिद गर्दा दिइएको चेक अनादर ठगी कसुरमा साह पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीको भनाइ छ ।...
रास्वपाको बागमती प्रदेश सभापतिमा हेटौंडाका उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा हेटौंडाका उत्सव अर्याल निर्वाचित

नेपाल । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ । हेटौंडाका युवा नेता अर्यालत शनिबार सम्पन्न निर्वाचनमा निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई दुई मतले पराजित गर्दै प्रदेश नेतृत्वमा निर्वाचित हुनुभएको हो । रास्वपा केन्द्रीय निर्वाचन विभागका संयोजक भुवन केसीका अनुसार अर्यालले ४१६ मत प्राप्त गर्नुभएको छ भने लामिछानेले ४१४ मत प्राप्त गर्नुभएको थियो । रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो । नेतृत्व चयनसम्बन्धी विवादका कारण रोकिएको निर्वाचन प्रक्रिया शनिबार काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न गरिएको हो । प्रदेश सभापति पदका लागि निवर्तमान सभापति लामिछाने र उत्सव अर्याल प्रतिस्पर्धामा रहनुभएको थियो । निर्वाचनअघि प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था रहे पनि प्रमुख उम्मेदवारबिच अघोषित रूपमा समूहगत प्...
नयाँ पद्धतिको विकास र निर्माणका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यकः डा. भट्टराई

नयाँ पद्धतिको विकास र निर्माणका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यकः डा. भट्टराई

नेपाल । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरी र असफलताका कारण पतनको मार्गमा रहेको दाबी गरेका छन् । उनले अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भइसकेको बताए। शनिबार काठमाडौँमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डा. भट्टराईले अर्थशास्त्रको ‘रचनात्मक ध्वंस’ को नियम झैँ नयाँ पद्धतिको विकास र निर्माणका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गरे। भट्टराईले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञान, प्रविधि र मध्यम वर्गको भावनालाई बुझेर अगाडि बढेकाले छोटो समयमै सफलता पाएको बताए ।...
पार्टी पुनर्गठनका लागि एमालेद्वारा कार्यदलमार्फत सुझाव संकलन सुरु

पार्टी पुनर्गठनका लागि एमालेद्वारा कार्यदलमार्फत सुझाव संकलन सुरु

नेपाल । पाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव सङ्कलन सुरु गरेको छ । गत फागुन २१ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबिचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव सङ्कलन गर्न कार्यदल गठन गरिएको हो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यदलले आज बागमती प्रदेश सङ्गठन कमिटीको समन्वयमा काठमाडौँबाट सुझाव सङ्कलन अभियान सुरु गरेको हो । बागमती प्रदेश सङ्गठन कमिटीको बैठक शुक्रबारदेखि सुरु भएको र बैठकपछि सुझाव सङ्कलनका लागि भेला आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । गत जेठ १० गते सम्पन्न एमाले सचिवालयको आठौँ बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । जेठ २६ गते पार्ट...
काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप

काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप

नेपाल । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप गरेको छ। पार्टीका महामन्त्री एवं संयोजक प्रदीप पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले हिमाली तथा विकट जिल्ला, जनसम्पर्क समिति र नयाँ सदस्यता वितरणको समयसीमा थप गर्ने निर्णय गरेको हो। बैठकले देशका अधिकांश क्षेत्रमा डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक भइरहेको जानकारी दिँदै अहिलेसम्म कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ जनाको विवरण प्रविष्ट भइसकेको जनाएको छ। तीमध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् भने बाँकीको फाराम वडा तहमा अद्यावधिकको प्रक्रियामा छ। अनलाइनमार्फत प्रविष्ट भएका फारामहरू वडा तहबाट यही २०८३ असार ५ गतेभित्र अनुमोदन गरिसक्न समितिले निर्देशन दिएक...