नेपाल । काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए । दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको उनले बताए ।
नमोबुद्ध नगरपालिका–२ मा दुर्घटनामा परेको उक्त बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ । अरनिको यातायातको उक्त बसमा २५–३० जना सवार रहेको अनुमान गरिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्