नेपाल । गृहमन्त्री सुधन गुरुङले विभिन्न माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेका नागरिकलाई भेट्नुभएको छ ।
बिहीवार सचिवालयका कर्मचारीसहित उहाँले धर्नामा बसेकालाई भेट्नुभएको हो । उहाँले आन्दोलनरतको विवरण संकलन गर्नुका साथै उनीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
हाल माइतीघरमा जबरजस्ती करणीका पीडितहरू धर्नामा छन् । त्यसैगरी चुरे संरक्षण लगायतका अभियान्तासमेत आन्दोलनरत छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्