१० भाद्र २०८३, बुधबार

राजनीति/समाज

चीनको चार दिवसीय भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल

चीनको चार दिवसीय भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल

नेपाल । चीनको चार दिवसीय भ्रमण सकेर परराष्ट्रमन्त्री शिशिर खनाल बुधबार राति स्वदेश फर्किएका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका थिए। उनले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्ताराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग भेट वार्ता गरेका थिए। भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवम् उपलब्धिमूलक छलफल भएको खनालले बताएका छन् ।...
सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान

नेपाल । सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ। बुधबार अदालतको आदेशसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले बुधवार थुनामा पठाउने आदेश दिएको हो। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो । उक्त मुद्दाका ३९ प्रतिवादी मध्ये ३४ जना व्यक्ति र ५ वटा कम्पनी थिए । भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो कायम गरेको थियो । अग्रवाललाई २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ र गोल्छालाई ५२ करोड ५० लाख बिगो कायम गरिएको थियो । प्रहरीले भट्टलाई चैत १९ गते, अग्रवाललाई चैत २२ गते सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ गरेको थियो ।...
राहदानी छपाइमा अनियमितता प्रकरणः थप दुई जना पक्राउ

राहदानी छपाइमा अनियमितता प्रकरणः थप दुई जना पक्राउ

नेपाल । राहदानी छपाइमा अनियमितता प्रकरणमा अरु दुई जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको हो । स्रोतका अनुसार राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मनी कम्पनीका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल पक्राउ परेका हुन्। यसअघि अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई पक्राउ गरेको थियो । ...
संविधान संशोधनका नाममा देशलाई पछाडि फर्काउने प्रयास हुन हुँदैनः पुन

संविधान संशोधनका नाममा देशलाई पछाडि फर्काउने प्रयास हुन हुँदैनः पुन

नेपाल । नेकपाका नेता वर्षमान पुनले संविधान संशोधनका नाममा देशलाई पछाडि फर्काउने र उत्पीडित समुदायले प्राप्त गरेका अधिकारहरू कमजोर पार्ने प्रयास हुन नहुने बताएका छन् । दाङ पुगेका नेता पुनले संविधानमा सुनिश्चित गरिएका उत्पीडित जाति, समुदाय तथा क्षेत्रका अधिकारहरू कुनै पनि बहानामा खोस्न नहुने बताए । उनले बहुभाषिकता, बहुसांस्कृतिकता, समानता तथा सबै जाति समुदायको उत्थानका विषयबाट राष्ट्र पछि हट्न नहुने धारणा राखे । मगर समुदायसहित सबै उत्पीडित समुदायलाई आफ्ना अधिकार, स्वायत्तता र पहिचानका विषयमा थप सचेत र जागरूक हुन आग्रह गरे । ...
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

नेपाल । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मंगलबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो । नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ ९ख० थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी बाटो खुलेको थियो । यसअघि विधायन ऐन, २०८१ को दफा ३५ का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वतः अमान्य (ख...
सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

नेपाल । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ। कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू सात दिनभित्र हटाउन निर्देशन दिइएको जानकारी दिए। काठमाडौँ प्रशासनले एक सूचना जारी गरी संस्था दर्ता ऐन, २०३४ बमोजिम यस जिल्ला प्रशासन कार्यालयमा दर्ता भई काठमाडौँ जिल्लास्थित विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैरसरकारी प्रकृतिका प्राविधिक वा पेसागत सङ्घ, सङ्गठन, संस्थाहरूको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, जिल्ला कार्यालय, सम्पर्क कार्यालय वा इकाइ कार्यालयहरूका साइनबोर्ड राखी सरकारी भवन संरचनाभित्रै रहे भएको छ भने हटाउन भनेको हो। प्रशासन कार्यालयले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका कुनै पनि सङ्घसंस्थाहरूका त्यस्ता प्रकृतिका कार्यालय...
परराष्ट्रमन्त्री खनाल चीन भ्रमणबाट स्वदेश फर्कदै, नेपालमा लगानी गर्न आह्वान

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणबाट स्वदेश फर्कदै, नेपालमा लगानी गर्न आह्वान

नेपाल । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन्। चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले मंगलबार बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई उजागर गर्दै थप सक्षम र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका दूतावासले जनाएको छ। नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै असरमा उनले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट गरेका थिए। सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतीकरण गरिएको थियो। मन्त्री खनालले मंगलबारनै बेइजिङ...
शिक्षा, स्वास्थ्य र विद्युतमा थप कर फिर्ता लिन सभापति थापाको आग्रह

शिक्षा, स्वास्थ्य र विद्युतमा थप कर फिर्ता लिन सभापति थापाको आग्रह

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाएका छन् । मध्यमवर्गीय परिवारलाई राहत दिने दाबी गरिए पनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपरेर सरकारले दिएकोभन्दा धेरै रकम फिर्ता लिएको उनले बताए । ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक श्रृङ्ला’ कार्यक्रममा बोल्दै थापाले बजेटको वास्तविक प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए । उनका अनुसार व्यक्तिगत आयकरको सीमा बढाएर केही राहत दिएको भनिए पनि अन्य क्षेत्रबाट थप शुल्क र कर लगाउँदा नागरिकको खर्च झन् बढ्ने अवस्था सिर्जना भएको छ । थापाले सरकारले अगाडिको खल्तीमा रकम राखिदिएको देखाए पनि पछाडिको खल्तीबाट चुपचाप निकाल्ने ...
एमसिए नेपालले ४५० हेक्टरमा वृक्षरोपण गर्ने

एमसिए नेपालले ४५० हेक्टरमा वृक्षरोपण गर्ने

नेपाल । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने वन क्षेत्रको क्षतिपूर्ति स्वरूप वृक्षरोपण कार्य अगाडि बढाउन प्रेरा निर्माण सेवासँग सम्झौता गरेको छ । एमसिए नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा रहेको सागरनाथ वन विकास परियोजना अन्तर्गत ४५० हेक्टरमा वृक्षरोपण र वन व्यवस्थापन कार्य सञ्चालन गर्ने एमसिए नेपालले सोमबार जनाएको छ । वृक्षरोपणले वातावरणीय संरक्षण र दिगो वन व्यवस्थापनमा योगदान पुग्ने बताइएको छ । सागरनाथ वन विकास परियोजनाले सर्लाही, महोत्तरी र रौतहट जिल्लामा गरी १३ हजार ५१२ हेक्टर (अर्थात करिब १३५ वर्ग किलोमिटर) वन क्षेत्रफल ओगटेको छ । यो आयोजना महोत्तरीको पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण, पूर्वमा भव्सी खोला र पश्चिममा बागमती नदीको बिचमा फैलिएको छ ।...
नेकपा एमालेमा शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यकः महासचिव पोखरेल

नेकपा एमालेमा शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यकः महासचिव पोखरेल

नेपाल । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सोमबार आयोजित नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरणका लागि आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले अहिले पार्टीमा आम निर्वाचन २०८२ को समिक्षा गर्ने तथा पार्टीलाई पुनर्गठनका दिशामा कसरी अगाडि बढाउनु पर्दछ भन्ने विषयमा पार्टी पङ्तिको भावनाको कदर गर्दै कार्यदलको तर्फबाट सुझाव सङ्कलन गर्ने कार्य भइरहेको बताउनुभयो । पार्टी नयाँ ढङ्गबाट अगाडि बढ्नु पर्छ भन्ने मान्यताको पक्षमा रहेको उहाँको भनाइ छ । उहाँले सूचना, प्रविधिको अधिकतम प्रयोग गरी विचारधारामा आधारित आन्दोलनको पक्षमा जनमत निर्माण गर्नुपर्ने बताउनुभयो ।...