१ असार २०८३, सोमबार

जनतासँगको सम्बन्ध सुधार तथा गुमेको जनमत पुनः आर्जन गर्ने एमालेको ‘६ ज’ नीति

कोलोराडोखबर संवाददाता , June 15th, 2026

नेपाल । नेकपा एमालेले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै देशव्यापी रूपमा ‘मिसन जागरण’ अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीले केन्द्रीय सदस्यलाई प्रत्यक्ष रूपमा स्थानीय तहमा खटाएर सङ्गठन सुदृढीकरण, जनतासँगको सम्बन्ध सुधार तथा गुमेको जनमत पुनः आर्जन गर्ने रणनीति अघि सारेको जनाएको हो ।

जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’ नीति अघि सारेको छ । यस अन्तर्गत जनतामा जाने, जनताका कुरा सुन्ने, जनप्रिय बन्ने, जनसङ्गठन परिचालन गर्ने, जनताको बहुदलीय जनवाद (जबज) आत्मसात् गर्ने तथा जनमतका आधारमा सक्षम नेतृत्व तयार गर्ने लक्ष्य राखिएको छ ।

एमाले नेतृ भक्तकुमारी लामाले अभियानका लागि तयार गरिएको ३१ पृष्ठ लामो अवधारणापत्रमा विगतका निर्वाचन परिणाम, पार्टीले बेहोरेको राजनीतिक उतारचढाव, सङ्गठन कमजोर हुनुका कारण र आगामी रणनीतिबारे विस्तृत विश्लेषण गरिएको छ । उहाँले यो अभियान केवल सङ्गठनात्मक कार्यक्रम नभई आगामी निर्वाचनको तयारी, जनमत निर्माण र कार्यकर्ता पुनः सक्रिय बनाउने दीर्घकालीन योजना भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्