नेपाल । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ ।
हेटौंडाका युवा नेता अर्यालत शनिबार सम्पन्न निर्वाचनमा निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई दुई मतले पराजित गर्दै प्रदेश नेतृत्वमा निर्वाचित हुनुभएको हो ।
रास्वपा केन्द्रीय निर्वाचन विभागका संयोजक भुवन केसीका अनुसार अर्यालले ४१६ मत प्राप्त गर्नुभएको छ भने लामिछानेले ४१४ मत प्राप्त गर्नुभएको थियो ।
रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो । नेतृत्व चयनसम्बन्धी विवादका कारण रोकिएको निर्वाचन प्रक्रिया शनिबार काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न गरिएको हो ।
प्रदेश सभापति पदका लागि निवर्तमान सभापति लामिछाने र उत्सव अर्याल प्रतिस्पर्धामा रहनुभएको थियो । निर्वाचनअघि प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था रहे पनि प्रमुख उम्मेदवारबिच अघोषित रूपमा समूहगत प्रतिस्पर्धा भएको चर्चा चलेको थियो । निर्धारित समयभन्दा ढिलो मतदान सुरु हुँदा केही प्रतिनिधिले असन्तुष्टि जनाएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्