१८ बैशाख २०८३, शुक्रबार

राजनीति/समाज

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम लिन्नः प्रचण्ड

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम लिन्नः प्रचण्ड

नेपाल (हेटौंडा) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार देशलाई अँध्यारोतर्फ धकेल्लन उद्यत रहेको आरोप लगाएका छन् । शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै ओली सरकारलाई उज्यालो मन नपरेको टिप्पणी गर्दै देशलाई अँध्यारोमा लैजाने काम गरिहेको बताए । आफ्नो नेतृत्वको पूर्वसरकारले विचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएका व्यक्तिहरूले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएको र बिचौलियाहरूले नै यो सरकार निर्माण गरिदिएको आरोप समेत लगाए। अध्यक्ष दाहालले आगामी दिनमा देशभरका जिल्ला र स्थानीय तहमा आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताए । उनले आफू अझै ५–७ वर्ष स्वस्थ रहे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम नलिने प्रतिबद्धता व्यक्त गरे ।...
भेनेजुयलाबाट नेकपा एसका अध्यक्ष नेपाल स्वदेश फिर्ता

भेनेजुयलाबाट नेकपा एसका अध्यक्ष नेपाल स्वदेश फिर्ता

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार स्वदेश फिर्ता हुनुभएको छ । एक साताको भेनेजुयला भ्रमणबाट शनिबार दिउँसो १२ बजे स्वदेश फिर्ता हुनुभएको हो । पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली गत शनिबार भेनेजुयला प्रस्थान गरेको थियो । पार्टी केन्द्रीय सचिव शेरबहादुर कुँवरकाअनुसार फोरमले कात्तिक १९ र २० गते आयोजना गरेको सम्मेलनलाई अध्यक्ष नेपालले सम्बोधन गर्नुभएको थियो ।...
फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छुः दीपक मनाङ्गे

फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छुः दीपक मनाङ्गे

नेपाल । गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिनुभएको छ । व्यक्तिहत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी सम्पर्कविहीन हुनुभएको थियो । शुक्रबार विज्ञप्ति जारी गरेर उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने जनाउनु भएको हो ।...
नेपाली काँग्रेसले पुनः १०० दिने अभियान शुरु गर्दै

नेपाली काँग्रेसले पुनः १०० दिने अभियान शुरु गर्दै

नेपाल । नेपाली कांग्रेसले सुरु गरेको १०० दिने अभियान पुनः थाल्ने भएको छ । बाढीपहिरोको विपद्पछि असोज १३ गतेको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार रोकिएको अभियान छठपछि पुनः गर्न लागेको हो । देशभर बाढीपहिरोले वितण्डा मच्चाएपछि कांग्रेसले पार्टीको अभियान स्थगित गरेर राहत र उद्धारमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएको थियो । अभियान सुरु भएको केही दिनमै रोकिएको अब चाडपर्व सकिएपछि सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । अभियान पार्टीको संगठन चलायमान बनाउन प्रभावकारी देखिएको बताए । पार्टीले अघि सारेको नीति, एमालेसँगको सहकार्य, सहकारी प्रकरणलगायतको विषय जनतामाझ लैजान कांग्रेसले अभियान चलाएको हो । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन केन्द्रित गरेर चुनाव हुने क्षेत्रमा अभियानमा खटिएका प्रतिनिधिले काम गर्ने मुख्यसचिव पौडेलले बताए ।...
नेकपा एमालेको सचिवालय बैठक बस्दै, के के छन् एजेण्डा ?

नेकपा एमालेको सचिवालय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौं । नेपाल कम्युनिष्ट (एमाले) को सचिवालय बैठक शनिबार बस्दैछ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।
उपनिर्वाचनका लागि रास्वपाका सातै प्रदेशमा तोकिए ‘कमाण्डर’

उपनिर्वाचनका लागि रास्वपाका सातै प्रदेशमा तोकिए ‘कमाण्डर’

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा होमिएको छ । पार्टीले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी दिनुका साथै प्राइमरी इलेक्सनको कार्यतालिका पनि फाइनल गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा हिजो बसेको बैठकले उपनिर्वाचनका सम्वन्धमा विभिन्न निर्णयहरु लिएको हो । प्रदेशगत रुपमा नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ । जसअनुसार कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले कमान्ड सम्हाल्नेछिन् । मधेसमा डा. चन्दा कार्की, बाग्मतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार कमाण्डर तोकिएका छन् । यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदरपश्चिममा विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।...
सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन

सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन

नेपाल । सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् । संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी आठ सदस्यीय संयन्त्र गठन गरिएको छ । उक्त संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल छन् । त्यस्तै कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । यसैगरी, प्रदेशमा तीन–तीन जना रहने गरी संयन्त्र विस्तार गर्ने र जिल्लामा दुई–दुई जना रहने गरी संयन्त्र बनाइने निर्णय गरेका छन् ।...
नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई दिए बधाई

नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई दिए बधाई

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई मेन्सन गर्दै राष्ट्रपति पौडेलले ऐतिहासिक जितका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन् । त्यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जालमार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित ट्रम्प बधाई तथा सफलताको शुभकामना दिएका हुन् । राष्ट्रपति ट्रम्पको नेतृत्वमा नेपाल र अमेरिकाको सम्बन्ध थप प्रगाढ बनाउन, पारस्परिक समृद्धि र सहयोगलाई बढावा दिन तत्पर रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।...
रवि लामिछानेलाई थप अनुसन्धानका लागि १० दिन म्याद थप

रवि लामिछानेलाई थप अनुसन्धानका लागि १० दिन म्याद थप

नेपाल । सहकारीको रकम अपचलन मुद्दामा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न २५ दिनको म्याद माग गरेको थियो । सहकारीको रकम गोरखा मिडियाबाट अपचलन गरेको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। ...
नेकपा एसका अध्यक्ष माधव नेपाल भेनेजुयला प्रस्थान

नेकपा एसका अध्यक्ष माधव नेपाल भेनेजुयला प्रस्थान

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार भेनेजुयला प्रस्थान गर्नुभएको छ । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो। फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ । अध्यक्ष नेपालसँगै पार्टी सचिव शेरबहादुर कुँवर पनि हुनुहुन्छ ।...