१३ बैशाख २०८२, शनिबार

गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च पुगे कुलमान

कोलोराडोखबर संवाददाता , March 27th, 2025

नेपाल । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च पुगेका हुन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी एव सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने उनको माग छ । पाण्डेका अनुसार निवेदन दर्ता भने भेईसकेको छैन । अध्ययनका क्रममा रहेकाले बिहीबारमात्रै दर्ता हुने उनले बताए ।

निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।

कुनै गल्ती, त्रुटि नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनको रिट निवेदनमा दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्