१३ बैशाख २०८२, शनिबार

राजसंस्था पुनःस्थापनाका लागि राप्रपाले वैशाख ७ बाट निरन्तर आन्दोलन गर्ने

कोलोराडोखबर संवाददाता , March 27th, 2025

नेपाल । राजसंस्था पुनःस्थापनाका लागि राप्रपा आन्दोलनमा होमिने भएको छ । मङ्गलवार बसेको आन्दोलन मूल समितिको बैठकले वैशाख ७ गतेबाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको हो।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र स्थापना, सङ्घीयताको विरोधमा आन्दोलनमा जाने निर्णय गरेको हो । यसका लागि जुनसुकै समूहले आन्दोलन गरे पनि समर्थन जनाउने पार्टीको निष्कर्ष रहेको श्रेष्ठले बताए।

राप्रपाले २६ गते काठमाडौँमा बाग्मती प्रदेशस्तरीय सभा र प्रदर्शन आयोजना गर्ने छ । त्यसपछि राप्रपाले वैशाख ७ गतेबाट निरन्तर आन्दोलन गर्ने छ।

प्रतिक्रिया दिनुहोस्