१३ बैशाख २०८२, शनिबार

देशमा शान्ति चाहिएको छ, उपद्रो गर्ने छुट कसैलाई छैनः ओली

कोलोराडोखबर संवाददाता , March 27th, 2025

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बनाउन नदिनका लागि प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेको बताउनुभएको छ ।

काठमाण्डौमा युवा संघको स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा शान्ति चाहिएको भन्दै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताउनुभयो ।

कर्मचारीलाई निकालेकोबारे प्रधानमन्त्रीले संसद्मा जवाफ नदिए संसद् चल्न नदिने कुरा राम्रो नभएको उहाँले उल्लेख गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नु नै आफ्नो जवाफ भएको ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै कुलमान घिसिङलाई हटाउनु पार्टीका लागि ठूलो घाटा भएकाले छाती पिटीपिटी रोएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्