१० भाद्र २०८३, बुधबार

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवाद्वारा सर्वोच्चमा निवेदन दर्ता

कोलोराडोखबर संवाददाता , August 26th, 2026

नेपाल । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ ।

पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन रोक्ने आदेश माग गर्दै उक्त निवेदन दायर गरेका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आज कांग्रेसको देउवा समूहले दायर गरेको निवेदनमा पूरक निवेदन दर्ता भएको हो। सो निवेदनउपर यही भदौ ११ गते सुनुवाइका लागि पेसी तोकिएको छ।

कांग्रेसको निर्वाचन समितिले १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको थियो। उक्त निर्णय रोक्न रिट निवेदन पेस गरिएको हो।

कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतमा पुनः सुनुवाइ गर्न निस्सा (अनुमति) दिइएको छ। सोको टुङ्गो नलाग्दासम्म महाधिवेशन प्रक्रिया रोक्न रिट निवेदनमा माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्