नेपाल । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतले सफाइ पाएका छन्।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लिरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिएको हो।
अन्य आरोपीहरुलाई भने कैद सजाय तोकिएको छ। अदालतले उक्त खरिद प्रक्रियामा बस्नेत सहभागी भएको नदेखिएको उल्लेख गरेको छ।
अदालतले नीतिगत निर्देशन दिएपछि त्यसको कार्यान्वयन, प्राविधिक तयारी, पूर्वाधार निर्माण र खरिद प्रक्रिया सम्बन्धित निकायको जिम्मेवारी भएको तथा मन्त्री वा मन्त्रालयले त्यसमा हस्तक्षेप गरेको प्रमाण नभेटिएको जनाएको छ।
फैसलामा बस्नेत नीतिगत निर्णयपछिका कुनै पनि खरिद प्रक्रियामा संलग्न रहेको पुष्टि हुन नसकेको उल्लेख छ ।
यता टेरामक्स खरिदमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ ।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो।
अदालत प्रशासनका अनुसार उनीहरूलाई ६ महिना कैद र ५० हजार जरिबाना हुने ठहर भएको छ। अदालतले अध्यक्ष रहेको भन्दै झालाई भने थप ६ महिना कैद सजाय सुनाएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्