१९ बैशाख २०८३, शनिबार

राजनीति/समाज

त्रिविका उपकुलपति बरालले दिए राजीनामा

त्रिविका उपकुलपति बरालले दिए राजीनामा

नेपाल । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । राजीनामा सम्बन्धमा बुझ्न खोज्दा उपकुलपति बरालसँग सम्पर्क हुन सकेन । बराल गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।...
ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरले तोक्यो ७ लाख ९३ हजार जरिवाना

ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरले तोक्यो ७ लाख ९३ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र आइतबार निर्मल निवासमै लगेर बुझाउने भएको छ । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार कार्यालय समय खुलेपछि निर्मल निवासमै पुर्‍याएर जरिवानाका पत्रहरू बुझाइनेछ । पूर्वराजा शाहको नाममा काठमाडौं महानगरले ७ लाख ९३ हजार जरिवाना तोकेको हो । दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । कुन शीर्षकमा कति जरिवाना ? – कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको शीर्षकमा १ लाख, – महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, – तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, – जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, – बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख...
राजतन्त्रको पक्षमा विज्ञप्ति निकाल्नेहरु पनि लुटपाट र आगजनीको मतियार !

राजतन्त्रको पक्षमा विज्ञप्ति निकाल्नेहरु पनि लुटपाट र आगजनीको मतियार !

नेपाल । राजतन्त्रको पक्षमा विज्ञप्ति निकाल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुशुक्रबार राजसंस्था फर्काउने नाममा नेपालको राजधानी काठमाडौंमा भएको लुटपाट र आगजनीको मतियार बनेको आरोप लागेको छ । शुक्रबारको प्रदर्शन अघि उनीहरुले विज्ञप्ति जारी गर्दै परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने त्यसको जिम्मेवार स्वयं सरकार हुने चेतावनी दिएका थिए ।  ...
नेपाल अमेरिका पत्रकार संघद्वारा पत्रकार रजकको मृत्युप्रति दुःख व्यक्त

नेपाल अमेरिका पत्रकार संघद्वारा पत्रकार रजकको मृत्युप्रति दुःख व्यक्त

अमेरिका । नेपालमा राजसंस्था पुनःस्थापनाको माग राख्दै राजावादीहरूको समूहद्वारा गरिएको आन्दोलनको रिपोर्टिङका क्रममा आगजनीमा परी एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको प्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा) दुःख व्यक्त गरेको छ । नेजा स्व. रजकप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । नेजाका महासचिव बाबुराम दाहालद्वारा विज्ञप्तिमा उल्लखे छ– ‘आन्दोलनका क्रममा पत्रकार दिनेश गौतममाथि भएको कुटपिट, अन्नपूर्ण मिडिया समूहको कार्यालय भवनमा तोडफोड तथा आगजनी, कान्तिपुर टेलिभिजन भवनमा गरिएको ढुङ्गामुडा र हिमालय टेलिभिजनको सवारीसाधनमा गरिएको तोडफोडप्रति नेजा गम्भीर आपत्ति प्रकट गर्दछ ।’ ...
पत्रकार सुरेश रजकको योजनाबद्ध ढंगले हत्या भएको नेपाल पत्रकार महासंघको ठहर

पत्रकार सुरेश रजकको योजनाबद्ध ढंगले हत्या भएको नेपाल पत्रकार महासंघको ठहर

नेपाल । नेपाल पत्रकार महासंघले शुक्रबार राजावादी आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको योजनाबद्ध ढंगले हत्या भएको ठहर गरेको छ । महासंघका उपलब्ध केन्द्रीय पदाधिकारी र सदस्यहरुको आकस्मिक बैठकले सो ठहर गरेको हो । बैठकले पत्रकार रजकको हत्या तथा सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले शनिबार क्षति पुर्‍याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरेको छ । यस्तै, मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गर...
हिंसात्मक क्रियाकलाप गर्नेलाई कारवाही गर्ने सरकारको निर्णय, तीनकुनेको कर्फ्यु हटाइयो

हिंसात्मक क्रियाकलाप गर्नेलाई कारवाही गर्ने सरकारको निर्णय, तीनकुनेको कर्फ्यु हटाइयो

नेपाल । सरकारले शुक्रबार राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । शुक्रबारको हिंसात्मक प्रदर्शनपछि आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्यस्तै, घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको तथा घाइतेहरुको निःशुल्क उपचार गराउने पनि निर्णय गरेको उनले बताए । प्रहरीसँग झडप हुँदा अराजक बनेको प्रदर्शनका क्रममा गोली लागेर कीर्तिपुरका सबिन महर्जन र तीनकुनेस्थित घरमा आगलागी हुँदा जलेर क्यामेरा पर्सन सुरेश रजको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका छन् । यता, काठमाडौंको तीनकुने क्षेत्रमा लगाइएको शुक्रबार साँझदेखि लगाइएको कर्फ्यु हटाइएको छ । शनिबार बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाड...
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गरेको प्रदर्शनमा पचासौं हजारको सहभागिता

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गरेको प्रदर्शनमा पचासौं हजारको सहभागिता

नेपाल । समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा गरेको प्रदर्शनमा पचासौं हजार जनताको सहभागितामा भएको दाबी गरेको छ । समाजवादी मोर्चामा आबद्ध चार दलका अध्यक्षले विज्ञप्ति जारी गर्दै यथास्थिति र प्रतिगामी षड्यन्त्रका विरुद्ध तथा गणतन्त्रको सम्वर्द्धन र राष्ट्रिय स्वाधीनताको संरक्षणका भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यो विशाल जनसर्मथन र सहभागिताबाट अत्तालिएका पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरुले अराजकता सृजना गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को केन्द्रीय, काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाई सरोज नेपालको निजी निवास लगायतमा तोडभोड र आगजनी गर्न पुगेका छन् । निजी, सार्वजनिक सम्पति र कान्तिपुर एंव अन्नपूर्ण पोष्ट लगायतका सञ्चार गृहमा समेत तोडफोड तथा आगजनी गरेका छन् । यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर भत्सना एंव न...
पूर्वराजाका समर्थकहरूबाट भएको आगजनी र तोडफोडको घटनाप्रति रास्वपाद्वारा भर्त्सना

पूर्वराजाका समर्थकहरूबाट भएको आगजनी र तोडफोडको घटनाप्रति रास्वपाद्वारा भर्त्सना

नेपाल । रास्वपाले लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई शुक्रबार पूर्वराजाका समर्थकहरूबाट भएको आगजनी र तोडफोडको घटनाप्रति भर्त्सना गरेको छ । कार्यवहाक प्रवत्तःा मनिष झाले भनेका छन्–‘शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार मात्र हैन, लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि भएपनि अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट तथा आगजनी जस्ता घटनाप्रति घोर भर्त्सना गर्दछौँ ।’ सो पार्टीले शुक्रबारको घटना भड्काउने र जनधनको क्षति गराउनेलाई कारबाहीको माग गर्दै आगामी दिनमा आन्दोलनरत पक्षलाई जिम्मेवार एवम् शान्तिपूर्णरुपमा प्रस्तुत हुन सचेत गराएको छ । ...
हत्या, आगजनी र लुटपाट मच्चाएर फरार भए दुर्गा प्रसाईंः मिश्र, राणा र नेपाल पक्राउ

हत्या, आगजनी र लुटपाट मच्चाएर फरार भए दुर्गा प्रसाईंः मिश्र, राणा र नेपाल पक्राउ

नेपाल । नेपालको राजधानी काठमाडौंमा शुक्रबार भएको आगजनी, लुटपाट र अराजकताको घटनाका प्रमुख दोषी मानिएका दुर्गा प्रसाईँ तीनकुनेबाट भागेपछि भूमिगत भएका छन् । सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई भूमिगत भएका हुन् । राजसंस्था फर्काउने भन्दै दुर्गा प्रसाईको नेतृत्वमा गरिएको आन्दोलनलाई भड्काएको भन्दै धवल शम्सेर राण, रविन्द्र मिश्र र स्वागत नेपाललाई भने राति पक्राउ गरिएको छ । अर्का राजावादी नवराज सुवेदीलाई होम एरेस्ट गरिएको छ । उक्त घटनामा एक पत्रकारलाई आन्दोलनकारीले जलाएर मारेका छन् भने एकको प्रहरीको गोली लागेर मृत्यु भएको छ । राजावादीहरुले व्यक्रिगत सम्पत्तिमाथि आक्रमण गर्दै आगजनी र लुटपाट मच्चाएका थिए । भाटभटेनी कोटेश्वरमा लुटपाट मच्चाए, तीनकुनेमा व्यक्तिको घरमा आगो लगाए, कान्तिपुर टेलिभिजन र अन्नपूर्णपोष्टको कार्यालयमा आक्रमण गरे र नेकपा ...
एउटै मञ्चमा देखिए केपी, देउवा र प्रचण्ड !

एउटै मञ्चमा देखिए केपी, देउवा र प्रचण्ड !

नेपाल । प्रमुख तीन दलका शीर्ष नेता एकै मञ्चमा उभिएका छन् । नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनको समुद्घाटन कार्यक्रममा बिहीबार तीन शीर्ष नेता एकै मञ्चमा उभिएका हुन् । एभरेस्ट होटेल, नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले सो कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।...