२१ बैशाख २०८३, सोमबार

माओवादी पार्टीलाई विभाजन गर्न षड्यन्त्र भइरहेको छः प्रचण्ड

कोलोराडोखबर संवाददाता , August 4th, 2025

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता गरी नयाँ सङ्कल्प गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै उहाँले माओवादी पार्टीलाई विभाजन गर्न षड्यन्त्र भइरहेको चर्चा गर्नुभयो ।

पार्टी विभाजन गर्न खोज्ने प्रतिक्रियावादीसँग अन्तिम लडाइँ लड्न बाँकी नै रहेकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्