५ बैशाख २०८३, शनिबार

चुरे क्षेत्र मासिंदा तराईं क्षेत्रमा पानीको संकट आयोः पूर्वराष्ट्रपति यादव

कोलोराडोखबर संवाददाता , August 3rd, 2025

नेपाल । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संरक्षण नहुँदा नेपालका स्विट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्र ओझेलमा परेको बताएका छन्।

शनिवार काठमाडौँमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल सुन्दर मुलुक भएको बताउँदै स्विट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्रहरू लुकेको बताए ।

नेपालको सुन्दरतालाई बचाइराख्न जरुरी रहेको पनि बताए। उनले आफ्नो जीवनकालमै चारकोषे झाडी, चुरे क्षेत्र मासिएको बताए ।

उनले यसले अहिले तराईमा खानेपानीको समेत हाहाकार रहेको जिकिर गरे । जलको भण्डार नै चुरे भएको उल्लेख गर्दै चुरेको संरक्षणमा जोड दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्