२१ बैशाख २०८३, सोमबार

डिजिटल माध्यमको सबैले सकारात्मक प्रयोग गरेर योगदान पुर्याउँः सभापति देउवा

कोलोराडोखबर संवाददाता , August 15th, 2025

नेपाल । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘डिजिटल’ माध्यमको सचेतना, जिम्मेवार र समुचित प्रयोग नै डिजिटल भविष्यको आधार भएको बताएका छन् ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रमको शुभारम्भ गर्दै डिजिटल माध्यमको सबैले सकारात्मक प्रयोग गरेर समाज राष्ट्रमा योगदान पुर्याउन सक्ने बताए ।

सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढङ्गले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको छ जनाउँदै सभापति देउवाले घरघरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा यी सबै प्रविधिमैत्री योजनाले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेका छन् भने ।

सभापति देउवाले हाम्रो पार्टी, कांग्रेस, सधैँं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको छ चर्चा गर्दै कांग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पुर्याई विशेष गरी युवा, विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सिर्जनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने र जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि नीति बनाउने पक्षमा छ भने ।

प्रतिक्रिया दिनुहोस्