नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरको नक्खु कारागार सरुवा गरिने भएको छ ।
कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार उनलाई कारागार सरुवाका लागि निर्णय गरेर रुपन्देही पठाइएको छ ।
हाल रुपन्देही कारागारमा रहेका उनलाई रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेपछी नख्खु कारागार सरुवा गर्न लागेको हो ।
लामिछानेले सरुवा माग गर्दै अदालत र जिल्ला प्रशासन कार्यालयबाट पहिल्यै अनुमति पाइसकेका थिए ।
रवि हाल बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगको पुर्पक्षका क्रममा थुनामा छन् । जिल्ला अदालतले १ करोड रूपैयाँ धरौटीमा रिहा गरेको भए पनि उच्च र सर्वोच्च अदालतले उनलाई थुनामै बस्नुपर्ने आदेश गरेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्