नेपाल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका नेता तथा राजनीतिक चिन्तक प्रदीप गिरी विचारको एउटा विश्वविद्यालय भएको बताएका छन् ।
प्रदीप गिरीको चौथो वार्षिकीका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरीको सम्झना’ कार्यक्रममा बोल्दै शर्माले गिरीको निधनपछि आफूहरूले विचारको एउटा विश्वविद्यालय बन्द भएको अनुभूति गरेको बताए ।
शर्माले नेपालमा विभिन्न समयमा मन्त्री बनेका नेताहरूको लामो सूची बनाउन सकिने भए पनि गिरी कहिल्यै मन्त्री नबनेको स्मरण गरे।
मन्त्री बन्नुलाई मात्र राजनीतिक सफलताको मापदण्ड मान्ने हो भने गिरीलाई असफल भन्न सकिए पनि उनको विचार र योगदानका कारण उनी आज पनि जीवित रहेको शर्माले बताए।
‘

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्