नेपाल । रास्वपाका सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
राजधानी काठमाडौँमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागी आगामी ३५ वर्षको कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए। विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था रहे पनि अब त्यो स्थिति नरहेको उनले स्पष्ट पारे।
विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
उनले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले गरेका सकारात्मक कामहरूप्रति धन्यवाद दिनुपर्ने समेत उल्लेख गरे।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्