३ आश्विन २०८३, शनिबार

स्वास्थ्य

विश्व रक्तदाता दिवसको अवसरमा नेपाली घर कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

विश्व रक्तदाता दिवसको अवसरमा नेपाली घर कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । विश्व रक्तदाता दिवस तथा ब्लड डोनर्स अफ अमेरिकाका संस्थापक अध्यक्ष स्व. अर्जुन मैनालीको स्मृतिमा कोलोराडोमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली समुदायको साझा चौतारी नेपाली साँस्कृतिक केन्द्र ‘नेपाली घरमा ब्लड डोनर्स अफ अमेरिका ( BDA ) को आयोजना, नेपाली घरको सहकार्य तथा भाइटल्यान्ट (Vatalant) को प्राविधिक सहयोगमा सफलतापूर्वक रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बिहान ९ बजे देखी दिउसो १२ बजेसम्म संचालन भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरू मध्ये गायिका संझना पाण्डे लगायत केही दाताहरूले पहिलो पटक दान गरेका थिए भने ब्लड डोनर्स अफ अमेरिका का वरिष्ठ उपाध्यक्ष टिका पौडेले यस संगै ४३ पटक रक्तदान गरेका थिए । ‘रक्तदान जीवनदान’ भन्ने पवित्र भावनालाई आत्मसात गर्दै रक्तदान गर्नेहरूमा नारायण पोख्रेल, फणेन्द्र क्षेत्री, लुना...
अत्यधिक सामाजिक सञ्जालको प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य उच्च जेखिममा

अत्यधिक सामाजिक सञ्जालको प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य उच्च जेखिममा

अमेरिका । अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुइ घण्टा भन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरकिशोरीहरूले डिप्रेसनलगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ । अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) ले शुक्रबार जारी गरेको विज्ञप्तिमा १२–१८ वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्ष पछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गरिएको छ । अष्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यस अध्ययनले मेलबर्नमा ९ देखि १९ वर्ष उमेर समूहका करिब एक हजार २०० सहभागीको बिचमा अध्ययन गरेको जनाइएको छ । अध्ययनको लागि सन् २०२५ मा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्धलगाउनु अघि तथ्याङ्क सङ्कलन गरेको जनाइएको छ । अनुसन्धानकर्ताले उच्च स्तरको मानसिक स्वास्थ्य समस्या, अनलाइन दुव्र्यवहार लगायत सामाजिक सञ्जाल प...
बस्नेतः अमेरिकाभरिबाट छनोट भएका १३ जना उत्कृष्ट मनोचिकित्सकमध्ये एक

बस्नेतः अमेरिकाभरिबाट छनोट भएका १३ जना उत्कृष्ट मनोचिकित्सकमध्ये एक

अमेरिका । अमेरिकामा कार्यरत नेपाली मूलका वरिष्ठ मनोचिकित्सक डा. प्रवेश मन सिंह बस्नेतलाई राष्ट्रिय मानसिक स्वास्थ्य गठबन्धनले सन् २०२६ को उत्कृष्ट मनोचिकित्सक पुरस्कार प्रदान गरेको छ । उनी अमेरिकाभरिबाट छनोट भएका १३ जना उत्कृष्ट मनोचिकित्सकमध्ये एक हुन् । राष्ट्रिय मानसिक स्वास्थ्य गठबन्धनले हरेक वर्ष दिइने यो पुरस्कार मानसिक स्वास्थ्य सेवामा उत्कृष्ट योगदान दिने चिकित्सकहरूलाई प्रदान गर्दछ । डा. बस्नेतले क्लिनिकल उत्कृष्टता, बिरामी तथा परिवारलाई शिक्षा, कलंक घटाउने प्रयास र सेवामा पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनी सम्मानित भएका हुन् । यो पुरस्कार गत मे २८ देखि ३० तारिखसम्म जर्जियाको एटलान्टामा आयोजित राष्ट्रिय मानसिक स्वास्थ्य गठबन्धनको वार्षिक सम्मेलनमा प्रदान गरिएको थियो । उक्त सम्मेलन अमेरिकाको सबैभन्दा ठूलो मानसिक स्वास्थ्य नेतृत्व तथा अधिवक्ताहरूको भेला मानिन्छ । ...
चिकित्सक लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशतमात्रै उत्तीर्ण

चिकित्सक लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशतमात्रै उत्तीर्ण

नेपाल । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको लाइसेन्स परीक्षाको नतिजामा ६६ दशमलव ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरिएको थियो । ६९औँ चिकित्सक लाइसेन्स परीक्षामा यसवर्ष दुई हजार २६३ परीक्षार्थी परीक्षामा सामेल भएकामध्ये एक हजार ५१५ जना मात्र उत्तीर्ण भएका हुन् । नेपाल मेडिकल काउन्सिलले नेपाली मेडिकल कलेजबाट अध्ययन गरेका विद्यार्थीको उत्तीर्ण दर उल्लेखनीय भएको जनाएको छ ।विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी अनुत्तीर्ण भएको काउन्सिलका निमित्त रजिष्ट्रार डा।दीपेन्द्र पाण्डेले बताउनुभयो । एमबिबिएसतर्फ नेपालका मेडिकल कलेजबाट सहभागी एक हजार २५४ परीक्षार्थीमध्ये ९६३ जना अर्थात् ७६ दशमलव ७९ प्रतिशत उत्तीर्ण भएका छन् । चीनबाट अध्ययन...
अस्पतालको आइसियूमा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु, २० जना घाइते

अस्पतालको आइसियूमा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु, २० जना घाइते

नेपाल । भारतको विहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आइसियू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीले पुष्टि गरेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ । स्थानीय अग्निशमन विभागका अनुसार स्थानीय समय अनुसार बिहान करिब ३ः५५ मा आगलागी भएको हो । आगलागी हुँदा आइसियूभित्र १३ जना बिरामी थिए । करिब २० जना बिरामीलाई अग्निशमन विभागका कर्मचारीले उद्धार गरी उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ । स्थानीय मिडिया रिपोर्टका अनुसार बिजुलीको सर्किटका सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ ।...
बिडिएको दोस्रो वार्षिक साधारण सभा तीन बुँदे घोषाणा पत्र जारी गर्दै कोलोराडोमा सम्पन्न

बिडिएको दोस्रो वार्षिक साधारण सभा तीन बुँदे घोषाणा पत्र जारी गर्दै कोलोराडोमा सम्पन्न

कोलोराडो । ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को दोस्रो वार्षिक साधारण सभा तीन बुँदे घोषाणा पत्र पास गर्दै भब्य रुपमा सम्पन्न भएको छ । कोलोराडोमा स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा यही मे २६ सम्पन्न दोस्रो वार्षिक साधारण सभा तीन बुँदे घोषाणा पत्र पास गर्दै भब्य रुपमा सम्पन्न भएको हो । बिडिएका अध्यक्ष महेश्वर पन्तको सभापतित्वमा सम्पन्न भएको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा समाजसेवी, हेल्पिङ्ग हेन्डका संस्थापक नारायण श्रेष्ठको उपस्थित रहेको थियो । त्यसैगरी कार्यक्रममा उपस्थित विशेष अतिथिहरुमा समाजसेवी तथा लामो समय देखी अमेरिकामा रहुनु हुने ईन्जिनियर रोहिणी शर्मा, सल्लाहाकार तथा पूर्व अध्यक्ष डा. नन्द रेग्मी, सल्लाहाकार तथा अनेसास बिओटी सभापति पदम विश्वकर्मा, सल्लाहाकार तथा निवर्तमान अध्यक्ष भुषणलाल श्रेष्ठ रहेका थिए । त्यस्तै अन्य अतिथीहरूमा रेसम घर्ती, शिव काफ्ले, बिडिए एक्जुकेटिभ...
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नवौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा कार्यक्रम स्थल Drury Plaza Hotel को प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । International Nepali Literary Society Colorado Chapter र Blood Donors of America Colorado Chapter को संयुक्त आयोजनामा Drury Plaza Hotel को प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि साँडे १० बजेसम्म सञ्चालन भएको थियो। रक्तदान गर्न २४ जना भन्दा बढी दाताहरू इच्छुक भए पनि १३ जनाले मात्र दानगर्न सफल भएका थिए । अन्य इच्छुक सहभागीहरूको समय अभावका कारण सम्भव नभएको BDA Colorado Chapter का अध्यक्ष नवराज मरासेनीले बताएका छन् । उनले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने INLS Colorado Chapter President किरण अधिकारी, INLS केन्द्रीय सचिव राजु सिटौला, पत्रकार दिर्घराज उपाध्याय ...
इबोला प्रकोपलाई लिएर अफ्रिकामा आपतकाल घोषणा

इबोला प्रकोपलाई लिएर अफ्रिकामा आपतकाल घोषणा

नेपाल । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सिडिसी) सङ्गो लोकतान्त्रिक गणतन्त्र (डिआरसी) र युगान्डामा बढ्दो पछिल्लो इबोला प्रकोपलाई लिएर महादेश स्तरको लागि सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ । मुख्यतया देशको मोङ्ग्वालु, रुवाम्पारा र बुनिया स्वास्थ्य क्षेत्र, साथै युगान्डाको कम्पालामा ३९५ वटा सङ्क्रमणका घटनामा १०६ जना सङक्रमितको मृत्युको रिपोर्ट गरिएपछि स्वास्थ्य आपतकालको आधिकारिक घोषणा गरेको जनाइएको छ । एजेन्सीले प्रकोप तिव्र रूपमा बढ्दै गएको जनाउँदै यस रोगका लागि हालसम्म कुनै पनि विशिष्ट खोप तथा उपचार उपलब्ध नभएकाले उच्च जोखिम युक्त रहेका बताएको छ । अफ्रिका सिडिसीका महानिर्देशक जिन कासेयाले यो घोषणाले क्षेत्रीय समन्वयलाई बलियो बनाउन, आपतकालीन स्रोत परिचालन गर्न र सङ्क्रमणको जोखिममा रहेका छिमेकी देशमा तयारी प्रयासलाई गति दिन मद्दत गर्ने बताउनुभएको छ । अफ्रिका सिडिसी...
नेपाल विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित

नेपाल विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित

नेपाल । नेपाल विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ । स्विट्जरल्यान्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार जेनेभास्थित पाले डे नेसन्समा सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो । महासभाको सोही सत्रमा सोमबारनै नेपालका तर्फबाट स्वास्थ्यमन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्यमन्त्रीको नेतृत्वमा आइतबार नेपाली प्रतिनिधिमण्डल जेनेभा गएको थियो ।...
Blood Donors of America को दोस्रो वार्षिक साधारण सभा कोलोराडोमा आयोजना हुँदै

Blood Donors of America को दोस्रो वार्षिक साधारण सभा कोलोराडोमा आयोजना हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । Blood Donors of America (BDA USA) को दोस्रो वार्षिक साधारण सभा (2nd AGM) आगामी मे २५, तारिक सोमबार कोलोराडोमा आयोजना हुने भएको छ । नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा आयोजना हुने कार्यक्रममा Blood Donors of America का केन्द्रीय कार्यसमिति, सल्लाहकार, राज्य अध्यक्षहरू, आजीवन सदस्यहरू तथा BDA परिवारका सम्पूर्ण सदस्यहरूलाई हार्दिक निमन्त्रणा गरिएको बिडिए कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासेनीले बताएका छन् । अमेरिकाका विभिन्न राज्यहरूबाट प्रतिनिधिहरूको सहभागिता रहने AGM बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले सबै सदस्य, शुभेच्छुक तथा समुदायलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् । यसै अवसरमा BDA Colorado Chapter र International Nepali Literary Society (INLS Colorado Chapter) को संयुक्त आयोजनामा मे २४, २०२६ मा रक्तदान कार्...