३ आश्विन २०८३, शनिबार

स्वास्थ्य

सरकार र चिकित्सक संघबीच सहमति, विरोधका कार्यक्रमहरू फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, विरोधका कार्यक्रमहरू फिर्ता

नेपाल । सरकार र नेपाल चिकित्सक संघबीच बुधबार सहमति भएको छ । यो सहमतिसँगै चिकित्सकले जारी राखेका विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन् । चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै नेपाल चिकित्सक सङ्घले दोषीमाथि कारबाहीका लागि दबाब दिन मङ्गलबार र बुधबार देशका स्वास्थ्यसंस्थाहरूमा ओपिडीलगायतका सेवा बन्द गरेर विरोध गरेको थियो । सोही विवाद समाधानका लागि नेपाल सरकार र चिकित्सक सङ्घबीच आज पाँचबुँदे सहमति भएको हो । अपराह्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक सङ्घका पदाधिकारीहरूबीच छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सो सहमतिपत्रमा सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए...
डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, तोडियो अनसन

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, तोडियो अनसन

नेपाल । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ । सहमतिसँगै बिहीवारदेखि धनगढीमा अनसनरत डा. केसीले सोमबार अनसन तोडेका छन् । सहमति अनुसार, शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३ सय श्शयाको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउने, गेटाको सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि फ्याकल्टी, जनशक्तिको भर्ना, पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी तुरुन्त पूरा गर्ने, विश्वविद्यालयले ३०० शैयाको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण खरिद लगायतका अस्पताल सञ्चालन सम्बन्धी सम्पूर्ण व्यवस्था तत्कालगर्ने सहमतिमा भएको छ। विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ लाई समेत समेटी विश्वविद्...
डा. गोबिन्द केसीका माग सम्बोधन गर्न चिकित्सक संघको आग्रह

डा. गोबिन्द केसीका माग सम्बोधन गर्न चिकित्सक संघको आग्रह

नेपाल । नेपाल चिकित्सक संघले नेपालको चिकित्सा शिक्षा एवं स्वास्थ्य क्षेत्रको सुधारका लागि २४ औँ पटक आमरण अनशनमा बस्नुभएका प्राडा गोविन्द केसीको जीवन रक्षाका लागि अपिल गरेको छ । सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै डा. केसी पुनः आमरण अनशनमा बस्नु परेको परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । डा. केसी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि विभिन्न सुधारका माग उठाउँदै मिति २०८३ साउन ७ गतेदेखि २४ औँ पटक आमरण अनशनमा हुनुहुन्छ । अनशनका क्रममा उहाँको स्वास्थ्यमा विभिन्न जटिलताहरू उत्पन्न भइरहेको सङ्घले जनाएको छ।​उहाँको उमेर र हालसालै सम्पन्न भएको शल्यक्रियाबाट स्वास्थ्य लाभ गरिरहेको परिस्थितिलाई मध्यनजर गर्दा उहाँको स्वास्थ्य स्थिति थप जोखिमपूर्ण बनेको विज्ञप्तिमा उल्लेख छ। सङ्घले डा।केसीले उठाएका जायज मागको अविलम्ब र उपयुक्त समाधान निकाली उहाँको अमूल्य जीवन रक्...
कङ्गोमा इबोला प्रकोपमा परी मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

कङ्गोमा इबोला प्रकोपमा परी मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

नेपाल । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ९३० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म देशभर दुई हजार ३४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्युमध्ये एक हो । पूर्वी कङ्गोमा गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्रगतिमा फैलिएको प्रकोप भएको अधिकारीले बताएका छन् । यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरस अन्य प्रकारको तुलनामा कम देखिने भए पनि यसविरुद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन । सबैभन्दा बढी प्रभावित इतुरी प्रान्तमा सुरक्षा चुनौतीका कारण रोग नियन्त्रण तथा उपचारका प्रयास प्रभावित भइरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप घोषणा भएयता स्वास्थ्य केन्द्र र उपचार टोलीमाथि कम्तीमा १२ वटा आक्रमण भएका छन् । ...
अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने

अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने

नेपाल । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा ‘रक्त सूचना’पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा (रियल–टाइम) प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधामार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । प्रयोगकर्ताले आफूलाई आवश्यक रक्त समूह कहाँ र कति परिमाणमा उपलब्ध छ भन्ने जानकारी नागरिक एपबाटै सहज रूपमा प्राप्त गर्न सक्ने छन् । स्वास्थ्य सेवा पहुँचलाई थप प्रभावकारी,पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा नागरिक एपमा एकीकृत गरिएको हो । यसबाट आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बिरामी तथा उनका आफन्तलाई आवश्यक जानकारी छिटो प्राप्त हुने,रक्त व्यवस्थापनलाई सह...
सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री शाहले गम्भिर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबिच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो । उहाँले गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, ‘डिजिटल’ प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराउनुभयो । प...
मानसिक स्वास्थ्य सम्बन्धी देशव्यापी अभियान चलाइने

मानसिक स्वास्थ्य सम्बन्धी देशव्यापी अभियान चलाइने

नेपाल । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको छ । यसै सन्दर्भमा मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख, सातै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकले सङ्घ, प्रदेश र स्थानीय तहका विद्यमान स्वास्थ्य संरचनामार्फत मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम समुदाय तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदाय परिचालन, उपचारमा रहेका बिरामीलाई सहजीकरण, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर...
सिभिल अस्पतालका आठ जना कर्मचारीहरु बिरुद्ध भ्रष्टाचार मुद्दा

सिभिल अस्पतालका आठ जना कर्मचारीहरु बिरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी शाखामा औषधी आपूर्तिकर्तासँग मिलेमतो गरी करिब रु दुई करोड ९१ लाख ३४ हजार बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार जारी गरेको विज्ञप्तिअनुसार फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले अस्पतालमा औषधी आपूर्ति नभए पनि बिलबिजक सफ्टवेयरमा प्रविष्ट गर्ने, मौज्दात नभएका औषधीलाई कम्प्युटरमा स्टक देखाउने तथा म्याद गुज्रिएका औषधिको व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ । अनुसन्धानका क्रममा अस्पतालको फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा तयार गर्नुपर्ने ट्रायल ब्यालेन्स तयार नगरेको तथा महालेखा परीक्षकको आर्थिक वर्ष २०७७–७८ को प्रतिवेदनले समेत उक्त अनियमितता औँल्याएको आयोगले जनाएको छ । यस...
एनआरएनए, नेपाल रेडक्रस र आईएफआरसीबीच मानवीय सहकार्य विस्तार गर्ने समझदारी

एनआरएनए, नेपाल रेडक्रस र आईएफआरसीबीच मानवीय सहकार्य विस्तार गर्ने समझदारी

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (आईएफआरसी) बीच मानवीय सहायता, विपद् पूर्वतयारी, जलवायु उत्थानशीलता तथा प्रवासी नेपालीहरूको सहभागिता अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। काठमाडौँको कालीमाटीस्थित आईएफआरसी कार्यालयमा आयोजित संयुक्त बैठकमा एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र वरिष्ठ अधिकृत कुनाल मिश्रले संघको तर्फबाट प्रतिनिधित्व गर्नुभएको थियो भने भर्चुअल माध्यमबाट अध्यक्ष डा. हेमराज शर्मा, महासचिव डा चिरन्जीवी खड्का लगायतका पधाधिकारी जोडिनुभएको थियो l यस्तै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालसहितको टोली तथा आईएफआरसीका प्रतिनिधिमण्डल प्रमुख डेभिड फिसर सहभागी हुनुहुन्थ्यो। बैठकमा बोल्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विश्वभर फैलिएको गैरआवासीय नेपाली ...
BDA Colorado Chapter को आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

BDA Colorado Chapter को आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । विश्व रक्तदाता दिवसको अवसरमा Blood Donors of America (BDA) Colorado Chapter द्वारा आयोजित “One Drop of Humanity: Give Blood, Save Life” शीर्षकको भर्चुअल अन्तरक्रियात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। Zoom मार्फत आयोजित कार्यक्रममा अमेरिका तथा नेपालका विभिन्न स्थानबाट उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमका सञ्चालक श्रीराम लुइटेलले स्वागत मन्तव्य सहित कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यसपछि भूषणलाल श्रेष्ठले Colorado Chapter का गतिविधिहरूबारे जानकारी गराउँदै कार्यक्रमलाई अगाडि बढाएका थिए । BDA Colorado Chapter का अध्यक्ष नवराज मरासेनीले सहभागीहरूलाई स्वागत गर्दै रक्तदानजस्तो मानवीय कार्यमा सबैको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा वक्ताका रूपमा सहभागी संझना पाण्डे (MSN, FNP-BC) र डा. शारदा काफ्ले त्रिपाठीले रक्तदानको महत्व, रक्तसञ्चार से...