२८ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य

एनआरएनएद्वारा कोशी प्रदेशमा ७० लाख रुपैयाँको मोबाईल ब्लड बस हन्तान्तरण

एनआरएनएद्वारा कोशी प्रदेशमा ७० लाख रुपैयाँको मोबाईल ब्लड बस हन्तान्तरण

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ । धरानमा बुधबार एक कार्यक्रम गरि गैरआवासीय नेपाली संघले सुनसरी जिल्ला शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरिएको हो । ७० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो मोबाइल ब्लड बस संघका अध्यक्ष डा. बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण गर्नुभएको हो । ब्लड बस हस्तान्तरणमा कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुलाई कोशी प्रदेशको समृद्धिको लागि सहकार्य गर्न आग्रह गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले कोशी प्रदेशमा लगानीका प्रशस्त सम्भवना रहेको बताउदै समृद्ध कोशीको लागि लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्न गैरआवासीय नेपालीहरुसंग मिलेर...
अनेसास स्वास्थोपचार कोषको घोषणाः पूर्व केन्द्रीय सचिव मानन्धरलाई सहयोग प्रदान

अनेसास स्वास्थोपचार कोषको घोषणाः पूर्व केन्द्रीय सचिव मानन्धरलाई सहयोग प्रदान

नेपाल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व सचिव हरि मानन्धरलाई २ हजार अमेरिकी डलर आर्थिक सहयोग गरिएको छ । विगत तीन वर्षदेखि किड्नीमा समस्या आई डाइलासिस गराइरहेका मानन्धरलाई अनेसासले दाताहरूबाट संकलित रकम सहयोग गरेको हो । विभिन्न देश विदेशमा रहनुभएका अनेसासका पदाधिकारी, सदस्यहरू, च्याप्टर अध्यक्ष एवं अन्य पदाधिकारी एवं सदस्यलगायतका साहित्यानुरागीहरूबाट संकलित २००० डलर प्रदान गरिएको हो । अनेसासको स्थापना दिवसको आरम्भ वर्षको अवसरमा अनेसासका केन्द्रीय महासचिव विमला निरौला, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी सहितको टोलीले मानन्धरको निवासस्थानमा गई हस्तान्तरण गरेको थियो । अनेसासका अध्यक्ष गोवर्द्धन पूजा तथा महासचिव विमला निरौला हस्ताक्षरित स्वास्थ्यलाभको कामनाको पत्रसहित सहयोग हस्तान्तरण गरिनुका साथै महासचिव निरौलाद्वारा सहयोगी दाताहरुको नाम पढेर सुनाइएको थियो ...
चिकित्सक डा. गोविन्द केसी माइतीघरबाट पक्राउ

चिकित्सक डा. गोविन्द केसी माइतीघरबाट पक्राउ

नेपाल । चिकित्सक डा. गोविन्द केसीलाई मंगलबार प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ । केसीले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्‍याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अगाडि बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिंदा उनी पक्राउ परेका हुन् । ...
कोरोनाको नयाँ भेरिएन्ट नेपालमा पनि देखियो

कोरोनाको नयाँ भेरिएन्ट नेपालमा पनि देखियो

नेपाल । विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन. १’ नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा पहिलो पटक जेएन. १ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो । ७ वटा नमुनामा जेएन. १ पुष्टि भएको छ । मन्त्रालयले कोभिड–१९ को सब–भेरिएन्टको बढ्दो संक्रमणलाई ध्यान दिँदै सीमा नाकाका हेल्थ डेस्कलाई आवश्यक स्क्रिनिङ गराउन अनुरोधसमेत गरेको छ ।...
बंगलादेशमा यो वर्ष एचआईभी/ एड्सबाट २६६ जनाको मृत्यु

बंगलादेशमा यो वर्ष एचआईभी/ एड्सबाट २६६ जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा सन् २०२३ मा एचआईभी/ एड्स सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ। बंगलालादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यो वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २७६ संक्रमितहरू रेकर्ड गरिएको बताएको छ। यो वर्ष संक्रमितमध्ये एक हजार ११८ बंगलादेशी नागरिक र बाँकी १५८ जना म्यानमारका रोहिंग्या बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्लाका विभिन्न शिविरहरूमा बसोबास गरिरहेकाहरू रहेको बताएको बताइएको छ। सन् २०२२ मा देशभर २३२ जनाको मृत्यु र ९४७ संक्रमित पहिचान भएको थियो । बंगलादेशमा एड्सको पहिलो सङ्क्रमित सन् १९८९ मा पत्ता लागेको थियो । हालसम्म १० हजार ९८४ सङ्क्रमितको पहिचान भएको र ती मध्ये २ हजार ८६ जनाको मृत्यु भएको छ।...
मरेपछि खरानी भएर जाने अंगहरु दान गर्न प्रधानमन्त्री दाहालको अपिल

मरेपछि खरानी भएर जाने अंगहरु दान गर्न प्रधानमन्त्री दाहालको अपिल

नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहालले मरेपछि खरानी भएर जाने अंगहरु दान गर्न अपिल गरेका छन् । अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपील गरेका हुन् । शनिबार बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । ‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु– मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो। तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्द...
दुईवटा पाठेघर भएकी अमेरिकाकी महिलाले जुम्ल्याहा छोरी जन्माइन्

दुईवटा पाठेघर भएकी अमेरिकाकी महिलाले जुम्ल्याहा छोरी जन्माइन्

एजेन्सी । अमेरिकाको अलाबामाकी दुईवटा पाठेघर भएकी ३२ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । ​ केल्सी ह्याचरले आफ्नो इन्स्टाग्राम अकाउन्ट ‘डबलुह्याचलिंग्स’ मा आफ्नो कहानी लेखेकी छन्, “हाम्रा चमत्कारिक बच्चाहरू जन्मेका छन् ।”​ रोक्सी लैला नामकी जेठी छोरीको जन्म गत मङगलवार भएको हो भने अर्की जुम्ल्याहा शिशु रिबेल लेकेनको बुधबार बिहान भएको हो। आमा र छोरीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।...
डा. केसीको अनशन धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा

डा. केसीको अनशन धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा

नेपाल । डा. गोबिन्द केसी फेरि अनशन बसेका छन् । कैलालीको गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन सुरु गर्न पुगेका उनलाई अवरोध गरिएपछि धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् । उनले शुक्रबार राति सात बजेदेखि धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका हुन् । विश्वविद्यालय पुनर्स्थापना संघर्षरत समूहले डा. केसीलाई विश्वविद्यालय रोकेर प्रतिष्ठान स्थापनाको माग उठाएर विश्वविद्यालय निर्माण प्रक्रियालाई बिथोल्न खोजेको आरोप लगाउँदै अवरोध गरेका हुन् । केसीले विगतमा भएका सम्झौता कार्यान्वयन, सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप, क्षमता वृद्धि र निःशुल्क औषधिको सुनिश्चितताको माग राखेर अनशन बसेको बताए । ...
फेसबुक पेजमा मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड 

फेसबुक पेजमा मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड 

काठमाडौँ । मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गर्नुभएको छ । चिकित्सक एवं लेखक उहाँले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गर्नुभएको हो । आज आयोजित पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको डा ओममूर्तिले जानकारी दिनुभयो । “गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको हो । व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस कीर्तिमानले संसारभरका मानिसका लागि प्रेरणाको स्रोत सावित हुने आशा गरेको छु”, उहाँले भन्नुभयो, “यो कीर्तिमानले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगक...
पौडेलद्वारा घाइतेको उपचारमा ध्यान दिन आग्रह

पौडेलद्वारा घाइतेको उपचारमा ध्यान दिन आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलमा आज स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उहाँले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूप्रति ध्यान दिन तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले घाइतेको उपचार प्रक्रियालाई सहज एवं प्रभावकारी बनाउन, उनीहरूको उपचारमा संवेदनशील बन्न सरकारको तर्फबाट हरसम्भव प्रयास हुनुपर्नेमा जोड दिनुभएको थियो । जाडोयामको प्रारम्भ अन्य रोगको प्रकोप बढ्नसक्ने भएकाले त्यसतर्फ पनि चनाखो हुन राष्ट्रपतिले मन्त्री बस्नेतको ध्यानाकर्षण गराउनुभएको थियो ।...