१५ जेष्ठ २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , May 29th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नवौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा कार्यक्रम स्थल Drury Plaza Hotel को प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

International Nepali Literary Society Colorado Chapter र Blood Donors of America Colorado Chapter को संयुक्त आयोजनामा Drury Plaza Hotel को प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि साँडे १० बजेसम्म सञ्चालन भएको थियो। रक्तदान गर्न २४ जना भन्दा बढी दाताहरू इच्छुक भए पनि १३ जनाले मात्र दानगर्न सफल भएका थिए । अन्य इच्छुक सहभागीहरूको समय अभावका कारण सम्भव नभएको BDA Colorado Chapter का अध्यक्ष नवराज मरासेनीले बताएका छन् ।

उनले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने INLS Colorado Chapter President किरण अधिकारी, INLS केन्द्रीय सचिव राजु सिटौला, पत्रकार दिर्घराज उपाध्याय लगायत सम्पूर्ण INLS सदस्यहरूलाइ धन्यवाद दिएका छन् ।

त्यसैगरी उलने BDA का तर्फबाट उपस्थित केन्द्रीय अध्यक्ष महेश्वर पन्त, सचिव सलीश चन्द्र गुप्ता, उपाध्यक्ष बिरोचन नेपाल लगायत विभिन्न च्याप्टरका अध्यक्षहरू तथा Colorado बाट केन्द्रीय Executive VP टीका पौडेल, Colorado Chapter सचिव नुरहरि पोखरेल, Treasurer विष्णु घिमिरे, IPP डा. शारदा त्रिपाठी, विकास त्रिपाठी लगायत सम्पूर्ण BDA परिवारप्रति पनि आभार ब्यक्त गरेका छन् ।

संस्थाले रक्तदान जिवनदानको मुलनारालाइ मनन गर्दै कोलोराडोमा सकृय संघ संस्थाहरूको सहयोग र सहभागीतामा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्