२ असार २०८३, मंगलवार

BDA Colorado Chapter को आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , June 16th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । विश्व रक्तदाता दिवसको अवसरमा Blood Donors of America (BDA) Colorado Chapter द्वारा आयोजित “One Drop of Humanity: Give Blood, Save Life” शीर्षकको भर्चुअल अन्तरक्रियात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

Zoom मार्फत आयोजित कार्यक्रममा अमेरिका तथा नेपालका विभिन्न स्थानबाट उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमका सञ्चालक श्रीराम लुइटेलले स्वागत मन्तव्य सहित कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यसपछि भूषणलाल श्रेष्ठले Colorado Chapter का गतिविधिहरूबारे जानकारी गराउँदै कार्यक्रमलाई अगाडि बढाएका थिए ।

BDA Colorado Chapter का अध्यक्ष नवराज मरासेनीले सहभागीहरूलाई स्वागत गर्दै रक्तदानजस्तो मानवीय कार्यमा सबैको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा वक्ताका रूपमा सहभागी संझना पाण्डे (MSN, FNP-BC) र डा. शारदा काफ्ले त्रिपाठीले रक्तदानको महत्व, रक्तसञ्चार सेवाको अवस्था, रक्तदाताको भूमिका तथा रक्तदानसँग सम्बन्धित विभिन्न विषयमा जानकारीमूलक प्रस्तुति दिएका थिए ।

कार्यक्रमका दौरान सहभागीहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको वक्ताहरूले स्पष्ट पार्दै अगाडी बढाएका कारण अन्तरक्रियालाई थप प्रभावकारी बनाएको थियो। नेपालबाट Blood Donors Association Nepal का प्रतिनिधि मचाकाजी महर्जन सहभागी भएका थिए । उनले नेपालमा रक्तदानको वर्तमान अवस्था, चुनौतीहरू तथा अवसरहरूबारे आफ्ना विचार प्रस्तुत गरेका थिए ।

त्यसैगरी INBDA का अध्यक्ष राहुल रेग्मी तथा संरक्षक अजय सत्यालले पनि रक्तदान अभियानलाई थप सशक्त बनाउन आवश्यक सहकार्य र प्रतिबद्धताबारे मन्तव्य राखे । त्यस्तै BDA Central का सल्लाहकार पदम विश्वकर्माले आफ्नो धारणा राख्दै Colorado Chapter ले रक्तदान सचेतना अभिवृद्धिका लागि गरेको यो सुरुवात अत्यन्त प्रशंसनीय रहेको बताएका थिए । उनले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रक्तदान संस्कृतिलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसैगरी BDA का पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितीका सल्लाहकार डा. नन्द रेग्मीले समुदायमा महत्वपूर्ण देन दिएका महानुभावहरूलाइ संस्थामा जोड्दै अगाडी बढ्न सबैलाइ आग्रह गरे । जसबाट संस्थाको उद्देश्य हाँसिलगर्न महत्वपूर्ण टेवा पुर्याउने धारणा व्यक्त गरेका थिए ।

BDA Central का अध्यक्ष महेश्वर पन्तले Colorado Chapter ले रक्तदान सचेतना अभिवृद्धिका लागि उत्कृष्ट सुरुवात गरेको भन्दै खुलेर प्रशंसा गरे । साथै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै रक्तदानको महत्वबारे प्रकाश पारे । वक्ताहरू तथा सम्पूर्ण सहभागीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै उनले कार्यक्रम समापन गरेका थिए ।

अन्त्यमा कार्यक्रम आयोजक संस्थाका तर्फबाट Colorado Chapter का अध्यक्ष नवराज मरासेनीले कार्यक्रमका सञ्चालक, वक्ताहरू, सहभागीहरू तथा कार्यक्रमको समाचार संकलन एवं प्रचारप्रसारमा सहयोग पुर्‍याएका पत्रकारहरूलाइ विशेष धन्यवाद व्यक्त गरेका थिए ।

यस कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै अमेरिका र नेपालबीच रक्तदानसम्बन्धी अनुभव तथा जानकारी आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्