२८ जेष्ठ २०८३, बिहीबार

बस्नेतः अमेरिकाभरिबाट छनोट भएका १३ जना उत्कृष्ट मनोचिकित्सकमध्ये एक

कोलोराडोखबर संवाददाता , June 11th, 2026

अमेरिका । अमेरिकामा कार्यरत नेपाली मूलका वरिष्ठ मनोचिकित्सक डा. प्रवेश मन सिंह बस्नेतलाई राष्ट्रिय मानसिक स्वास्थ्य गठबन्धनले सन् २०२६ को उत्कृष्ट मनोचिकित्सक पुरस्कार प्रदान गरेको छ । उनी अमेरिकाभरिबाट छनोट भएका १३ जना उत्कृष्ट मनोचिकित्सकमध्ये एक हुन् ।

राष्ट्रिय मानसिक स्वास्थ्य गठबन्धनले हरेक वर्ष दिइने यो पुरस्कार मानसिक स्वास्थ्य सेवामा उत्कृष्ट योगदान दिने चिकित्सकहरूलाई प्रदान गर्दछ । डा. बस्नेतले क्लिनिकल उत्कृष्टता, बिरामी तथा परिवारलाई शिक्षा, कलंक घटाउने प्रयास र सेवामा पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनी सम्मानित भएका हुन् ।

यो पुरस्कार गत मे २८ देखि ३० तारिखसम्म जर्जियाको एटलान्टामा आयोजित राष्ट्रिय मानसिक स्वास्थ्य गठबन्धनको वार्षिक सम्मेलनमा प्रदान गरिएको थियो । उक्त सम्मेलन अमेरिकाको सबैभन्दा ठूलो मानसिक स्वास्थ्य नेतृत्व तथा अधिवक्ताहरूको भेला मानिन्छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य गठबन्धन अमेरिकाको सबैभन्दा ठूलो र चर्चित जागरणमूलक गैरनाफामूलक संस्था हो । यसले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू र उनीहरूका परिवारलाई निःशुल्क शिक्षा, सहायता समूह, सहायता लाइन तथा वकालत सेवा उपलब्ध गराउँदछ ।

सन् १९९० मा स्थापित यो पुरस्कार मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार, अनुसन्धान तथा कोषमा वकालत, राज्य तथा स्थानीय सेवाको विकास, व्यापक उपचार र जनचेतना अभियानमा योगदान दिने मनोचिकित्सकहरूलाई दिइन्छ ।

सन् २०२६ का अन्य १२ पुरस्कार विजेता 
-ब्यारी इलियट कोल, डा. (रेनो, नेभाडा)
-रेमन्ड सी. गार्सिया, डा. (रकफोर्ड, इलिनोइस)
-म्याथ्यु हार्टजेल, डा. (शार्लोट, उत्तर क्यारोलिना)
-प्याट्रिक ह्याटन, डा. (कन्कर्ड, न्यु ह्याम्पशायर)
-चाड कोयनागी, डा. (होनोलुलु, हवाई)
-सिन्थिया मेजर लुइस, डा. (बाल्टिमोर, मेरील्यान्ड)
-क्याथरिन आर. माटिसी, डा. (स्ट्युवार्ट, ओहायो)
-जियाद नाहास, डा. (मिनियापोलिस, मिनेसोटा)
-पेट्रिसिया ओर्टिज, डा. (एल पासो, टेक्सास)
-इलिस एस. रोजेनबर्ग, डा. (इसाक्वाह, वाशिङ्टन)
-क्रिस्टिना गेस्मुन्डो साइमन, डा. (चेस्टरफिल्ड, मिसौरी)
-केटी बाउस्टियन-थोर्सनेस, डा. (मिनियापोलिस, मिनेसोटा)

प्रतिक्रिया दिनुहोस्