कोलोराडो । ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को दोस्रो वार्षिक साधारण सभा तीन बुँदे घोषाणा पत्र पास गर्दै भब्य रुपमा सम्पन्न भएको छ । कोलोराडोमा स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा यही मे २६ सम्पन्न दोस्रो वार्षिक साधारण सभा तीन बुँदे घोषाणा पत्र पास गर्दै भब्य रुपमा सम्पन्न भएको हो ।
बिडिएका अध्यक्ष महेश्वर पन्तको सभापतित्वमा सम्पन्न भएको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा समाजसेवी, हेल्पिङ्ग हेन्डका संस्थापक नारायण श्रेष्ठको उपस्थित रहेको थियो । त्यसैगरी कार्यक्रममा उपस्थित विशेष अतिथिहरुमा समाजसेवी तथा लामो समय देखी अमेरिकामा रहुनु हुने ईन्जिनियर रोहिणी शर्मा, सल्लाहाकार तथा पूर्व अध्यक्ष डा. नन्द रेग्मी, सल्लाहाकार तथा अनेसास बिओटी सभापति पदम विश्वकर्मा, सल्लाहाकार तथा निवर्तमान अध्यक्ष भुषणलाल श्रेष्ठ रहेका थिए ।
त्यस्तै अन्य अतिथीहरूमा रेसम घर्ती, शिव काफ्ले, बिडिए एक्जुकेटिभ भाईस प्रेसिडेण्ट टिका पौडेल, भाईस प्रेसिडेन्टहरू बिरोचन नेपाल, विजयदेव अधिकारी, लिला श्रेष्ठ, झमक निरौला, सह कोषाध्यक्ष गंगा थापा, महासचिव सतिश चन्द्र गुप्ता, केन्द्रिय सदस्य थानिरत्न कँडेल लगायतका रहेका थिए ।
कार्यक्रमका उपस्थित प्रमुख अतिथी तथा विशेष अतिथीहरूबाट संयूक्त रूपमा पानसमा बत्ति बालेर सुरु गरिएको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी नारायण श्रेष्ठले बिडिएले गरेको काम संसारकै समाजिक काम मध्यको सबै भन्दा पवित्र हो । पबित्र काम गर्ने मान्छेहरुको ज्यान जोगाउने यस्ता समाजमा राम्रो काम गर्नेहरुको लागि पुरस्कारको ब्यवस्था गर्नु पर्दछ भन्दै, उक्त पुरस्कारको लागी कोष स्थापना गर्न आफूले वर्षको एक हजार डलर बिडिएलाई प्रदान गर्ने घोषणा समेत गरेका थिए ।
प्रमुख अतिथीको पुरस्कार कोषको घोषणालाई प्रसंसा गर्दै अध्यक्ष महेश्वर पन्तले समारोहमा तीन बुँदे घोषणा पत्र पेस गरेका थिए । जसमा बिडिएको आजीवन सदस्यको संख्या थप गरि अर्को वर्षको साधारण सभा सम्ममा २ हजार ५ सय पुर्याउने । आजीवन सदस्य शुल्क घरको पहिलो ब्यक्ति भए एक सय डलर र परिवारको एक सदस्य थप गर्दा दुई सदस्यको जम्मा एकसय पचास डलर मात्र लाग्ने प्रश्ताव गरे ।
त्यसैगरी दोश्रो प्रश्तावमा संस्थाले गठन गरेका स्टेट समितिहरुलाई थप गर्दै थप दश स्टेटहरुमा कमिटी गठनकों पहल गर्ने । तेश्रो प्रश्तावमा सदस्यताहरुमा उच्च सम्मानित र बिडिएलाई अत्यधिक सहयोग गर्नेहरुको समुहलाई जोड्न स्टिम मेम्वर व्यवस्था गर्न संस्थाको बिधानमा थप्ने । तत् पश्चात संस्थाको सदस्यता किसीम ५ प्रकारको हुने ब्यवस्था गर्ने प्रश्ताव गरे ।
सभाले अध्यक्षको सबै प्रस्तावलाई सर्व सम्मत पास गर्दै बिडिए बोर्ड अफ ट्रस्टिजको प्रावधान रहने प्रस्तावलाई समेत पास गरेको थियो । म्याच अप फण्डको व्ववस्था र विडिएको नाममा नेपाल जोड्ने सन्दर्भ पनि बैठकमा उठेको थियो ।
समाजसेवी तथा थुप्रै संघ संस्थाहरुलाई माया गर्ने मनकारी बिशेष अथिती रोहिणी शर्माले आफू धेरै पहिला देखी बिडिएमा लागेको र यो संस्थाको काम सबै संस्थाको भन्दा प्रशंसनिय छ भन्दै आफू अब सकेको सकृय भएर यस संस्थालाई सहयोग गर्ने प्रण गरे । उनले समाजमा बसेर प्रत्यक्ष मान्छेको जीवन बचाउने काम भगवानले गरेको काम जस्तै हो, भन्दै, आफ्नो पनि यस संस्थामा समय खर्चने चाहना रहेको बताए ।
अनेसास बिओटी सभापति तथा बडिए सल्लाहाकार पदम विश्वकर्माले अनेसास र बिडिए जोडिएर काम गरिरहेको र आगामी दिनहरुमा पन्तजी मार्फत अझ राम्रो सहकार्य हुने छ भन्दै सहकार्यको लागी सधै तयार रहेको जनाए ।
समारोहमा बिडिएको बारे छोटो परिचय सहित उदघाटन सत्रलाई सम्बोधन गर्दै बर्तमान सल्लाहाकार तथा पूर्व अध्यक्ष डा. नन्द रेग्मीले सबैलाई यो संस्थामा जोडिन आव्हान गरे । यसैगरी सभालाइ अनेसासका कलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारी, नेपाली घरका कार्यवाहक अध्यक्ष गंगा चाैलागाइ ,एनआरएन कोलोराडोका अध्यक्ष निमा शेर्पा लगायतले शुभकामना दिएका थिए।
कार्यक्रमको दोस्रो चरणमा च्याप्टर अध्यक्षहरु, क्षेत्रिय उपाध्यक्षहरुले आ-आफ्नो क्षेत्रको रक्तदान र संस्थाको अवस्था बारे कार्यपत्र पेस गरेका थिए। कोषाध्यक्ष र सचिवको रिपोर्ट पेश गर्दै यो छ महिनामा थपिएको सदस्यताबाट सोर्ह हजार भन्दा बढी अमेरिकी डलर संकलन भएको जानकारी गंगा थापाले गराएका थिए । यसैगरी महासचिवले संस्थाको प्रगती विवरण पेश गरेका थिए सभामा उपस्थित हुन नसकेका अध्यक्षहरु न्यूयोर्कका कृष्ण आचार्य, फ्लोरिडाका तेज कार्की, म्यासाचुसेट्सका राम थापा, न्यूहेम्पसारबाट सचिव तारा खराल न्याैपानेहरुले भिडियो प्रविधी मार्फत शुभकामना तथा आफ्नो कार्यप्रगति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एनआरएनएका कोलोराडो च्याप्टर अध्यक्ष्य निमा शेर्पाले आजीवन सदस्यता लिएका थिए । प्रमुख अथितिबाट नया तथा वर्तमान आजीवन सदस्यहरुलाई संस्थाको पिन लगाई दिएका थिए । सभालाइ कार्यक्रम संयोजक तथा बिडिए कोलोराडो स्टेट कमिटिका अध्यक्ष नवराज मरासिनीले स्वागत मन्तव्य राखेका थिए भने सिनियर (कार्यकारी)उपाध्यक्ष टिका पौडेलले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको संचालन संस्थाका पूर्व कोषाध्यक्ष श्रीराम लुईटेलले गरेका थिए।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्