अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित
अमेरिका । अमेरिकामा सन् २०२५ मा दुई हजारभन्दा बढी दादुराका घटना दर्ता भएका छन्, जुन सन् १९९२ पछि सबैभन्दा धेरै वार्षिक सङ्ख्या हो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार डिसेम्बर ३० सम्म देशभर कुल दुई हजार ६५ पुष्टि भएका दादुराका केस देखिएका छन् ।
तीमध्ये करिब ११ प्रतिशत बिरामीलाई अस्पताल भर्ना गर्नुपरेको थियो । दादुराका केस ४४ वटा क्षेत्रमा फैलिएका थिए, साथै केही अन्तर्राष्ट्रिय आगन्तुकमा पनि सङ्क्रमण देखिएको थियो । सन् २०२५ मा ४९ वटा दादुराका प्रकोप पहिचान गरिएको थियो, जसबाट कुल घटनाको ८८ प्रतिशत हिस्सा आएको थियो ।
पाँचदेखि उन्नाइस वर्ष उमेर समूहका बालबालिका र किशोर सबैभन्दा बढी प्रभावित भएका छन्, जसले करिब ४२ प्रतिशत केस ओगटेका छन् । यस अवधिमा दादुराका कारण तीन जनाको मृत्यु पनि पुष्टि भएको छ । सन् २००० मा संयुक्त राज्य अमेरिकामा दादुरा निर्मूल भएको ...









