३ असार २०८३, बुधबार

फ्रान्सद्वारा सेनेगल ३-१ गोल अन्तरले पराजित

कोलोराडोखबर संवाददाता , June 17th, 2026

नेपाल । कप्तान किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले फ्रान्सले फिफा विश्वकप २०२६ मा रोमाञ्चक जितसहित आफ्नो यात्रा सुरु गरेको छ । न्युजर्सी स्टेडियममा भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

यस जितसँगै फ्रान्सले सन् २००२ को विश्वकपमा सेनेगलसँग बेहोरेको ऐतिहासिक हारको बदला समेत लिएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्स आक्रामक रूपमा प्रस्तुत भयो। डेजायर डोउको उत्कृष्ट प्रहारसँगै फ्रान्सले लय समात्यो। खेलको ६६औँ मिनेटमा माइकल ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै किलियन एम्बाप्पेले फ्रान्सलाई १–० को अग्रता दिलाए।

यो गोलसँगै उनले ओलिभियर जिरुडको ५७ गोलको कीर्तिमान बराबरी गरे। ८२औँ मिनेट वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका ब्राड्ली बारकोलाले फ्रान्सका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए।

सेनेगलको सान्त्वना गोल (९०ंऔँ मिनेट) खेलको अन्तिम समयमा सेनेगलका इब्राहिम म्बायेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए।

एम्बाप्पेले सेनेगल बिरुद्ध ९ं६औँ मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्