फिफा विश्वकप खेल्ने इङ्ल्यान्ड टोलीको घोषणा
अमेरिका । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि इङ्ल्यान्ड टोलीको घोषणा भएको छ ।
इङ्ल्यान्डले ह्यारी केनको कप्तानीमा विश्वकप टोलीको घोषणा गरेको हो । केन तेस्रो पटक विश्वकप टोलीका पर्नुभएको हो । सन् १९६६ को विश्वकप विजेता टोली इङ्ल्यान्ड यस पटकको विश्वकपमा समूह ‘एल’ मा रहेको छ ।
यस समूहमा क्रोएसिया, घाना र पानामा रहेको छ । नेपाली मितिअनु्सार इङ्ल्यान्डले असार ४ गते क्रोएसियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।
इङ्ल्यान्ड विश्वकप टोली:
गोलरक्षक : डीन हेन्डरसन (क्रिस्टल प्यालेस), जोर्डन पिकफोर्ड (एभर्टन) र जेम्स ट्राफोर्ड (म्यानचेस्टर सिटी)
रक्षक : डान बर्न (न्यूक्यासल युनाइटेड), मार्क गुएही (म्यानचेस्टर सिटी), रीस जेम्स (चेल्सी), एज्री कोन्सा (एस्टन भिल्ला), टिनो लिभ्रामेन्टो (न्यूक्यासल युनाइटेड), निको ओरेली (म्यानचेस्...







