२१ श्रावण २०८३, बिहीबार

रास्वपाले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने

कोलोराडोखबर संवाददाता , August 6th, 2026

नेपाल । नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित रास्वपाले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीले आगामी साउन २५ देखि काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’ बाट अभियान सुरु गर्ने तयारी गरेको हो ।

पार्टीको साउन १३ गते सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार अभियान सञ्चालन हुन लागेको रास्वपाका सहमहामन्त्री हरि ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियान अवधिभर प्रतिदिन कम्तीमा दुई जना जिम्मेवार नेताको उपस्थिति अनिवार्य गरिएको छ । तीमध्ये एक जना प्रतिनिधि सभा सदस्य अनिवार्य रूपमा रहने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्