१८ श्रावण २०८३, सोमबार

अभियन्ता दुर्गा प्रसाईं फेरि पक्राउ

कोलोराडोखबर संवाददाता , August 3rd, 2026

नेपाल । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

प्रहरीका अनुसार प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो । शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीले जनाएका छन् ।

यसअघि आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमार्फत प्रसाईंले हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए ।

उक्त घोषणापछि केही घण्टामै प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्