२८ श्रावण २०८३, बिहीबार

कांग्रेसका पूर्वसभापति देउवा हङकङबाट बिहीबार स्वदेश फर्कदै

कोलोराडोखबर संवाददाता , August 13th, 2026

नेपाल । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते बिहीबार स्वदेश फर्किंदैछन् । झन्डै ६ महिनापछि उनी स्वदेश फर्किन लागेका हुन् ।

कांग्रेसको संस्थापनइतर समूहले पूर्वसभापति देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्