१७ बैशाख २०८३, बिहीबार

सरकारले ६ वटा अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति पौडेल कानूनविद्हरूसँग परामर्श गर्दै

कोलोराडोखबर संवाददाता , April 30th, 2026

नेपाल । सरकारले एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानूनविद्हरूसँग परामर्श गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले अध्यादेशबारे छलफल गर्न बिहीबार अपरान्ह ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएका हुन् ।

सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापीलगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित ६ अध्यादेश सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्