१६ बैशाख २०८३, बुधबार

सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस

कोलोराडोखबर संवाददाता , April 29th, 2026

नेपाल । सरकारले सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै अध्यादेश जारीका लागि सिफारिस पठाएको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्बाट सिफारिस भएर आएका दुवै अध्यादेश हाल अध्ययनको क्रममा रहेका छन् । ती अध्यादेशहरू सोमबार नै राष्ट्रपति कार्यालय शीतलनिवासमा पेश गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्