४ असार २०८३, बिहीबार

चीनको चार दिवसीय भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल

कोलोराडोखबर संवाददाता , June 18th, 2026

नेपाल । चीनको चार दिवसीय भ्रमण सकेर परराष्ट्रमन्त्री शिशिर खनाल बुधबार राति स्वदेश फर्किएका छन्।

परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका थिए।

उनले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्ताराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग भेट वार्ता गरेका थिए।

भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवम् उपलब्धिमूलक छलफल भएको खनालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्