नेपाल । राहदानी छपाइमा अनियमितता प्रकरणमा अरु दुई जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको हो ।
स्रोतका अनुसार राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मनी कम्पनीका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल पक्राउ परेका हुन्।
यसअघि अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई पक्राउ गरेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्