नेपाल । नेपाली कांग्रेसले ३७ विभागका सचिव तोकेको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार विभिन्न विभागका सचिव मनोनित गरेका हुन् ।
कांग्रेसले गठन गरेका ५६ विभाग मध्येमा ३७ विभागका सचिव तोकिएका हुन् ।
नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच बिहीबार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वेदुराम भुसालले बताए ।
भेटका अवसरमा वरिष्ठ नेता भुसाल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन सहभागी थिए।...
नेपाल । कास्की जिल्ला अदालतको आदेशमा बिहीबार थुनामुक्त भएपछि रास्वपा सभापति रवि लामिछानेले न्यायालयलाई सम्मान गर्ने प्रतिक्रिया दिएका छन् ।
रिहापछि छोटो प्रतिक्रिया दिँदै उनले न्यायालयलाई सम्मान गर्ने बताएका हुन् ।
सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलनको मुद्दामा जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेशपछि उनी ८४ दिनपछि रिहा भएका हुन् ।...
नेपाल । नेकपा (एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेवारी समुदायको संस्कृतिले नेपालीलाई एकताको सुत्रमा बाँध्न सहयोग गरेको बताउनु भएको छ ।
बुधबार काभ्रेको बनेपामा आयोजित १५ नेवा एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु्भएको हो । उहाँले नेपाल थरि, थरिका जातजाति, भाषाभाषी मिलेर बनेको मुलुक भएकोले विविधतामा एकता हुनु जरुरी रहेको बताउनु भयो ।
उहाँकाअनुसार यहाँ सबै जातजाति मिलेर बस्नु र छुट्टाछुट्टै संस्कृत भएकोले नेपाली हुनुको गौरब छ । लोकतन्त्र पछि देशमा विभिन्न जातजाति भाषाभाषी सबैको पहिचानलाई राज्यले समानता प्रदान गरेको छ। नेपाल विश्वमा नै विविधतामा एकता भएको देश हो– नेपालले भन्नूभयो ।
राज्य पुनसंरचना पछि नेपालमा सबै जात, धर्म, परम्परा र संस्कृतिले सम्मानित हुन पाउनुपर्ने उहाँको तर्क छ। आफू तराईमा जन्मेकोले तराई मुलको सबै भाषा जानेक...
नेपाल । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा ६५ लाख धरौटी बुझाएर विहीबार साँझ रिहा भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी अदालतमा उपस्थित हुन लागेका हुन् । बिहीबार कास्की जिल्ला अदालतबाट छुटेपछि प्रहरीले अस्पतालमा स्वास्थ्य परीक्षण गराएर उनलाई परिवारको जिम्मा लगाएको थियो।
उनीसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतले जनाएको छ । धरौटी रकम बुझाउन नसकेपछि प्रतिवादी लीला पछाईँ भने हिरासतमै छिन् ।...
नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भेट गरेका छन् ।
सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबारभएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यो भेटलाई अर्थपूर्ण रुपले लिइएको छ ।...
अमेरिका । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बिहीबार साँझ बेलायतको लण्डन आइपुग्दैछन् ।
बेलायतस्थित नेपाली जनसम्पर्क समितिका पूर्व महामन्त्री तथा विकास विज्ञ राजकुमार त्रिपाठीका अनुसार कोइरालाले १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने छन् ।
उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ ।
नेता कोइराला बेलायतको एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत आउन लागेका हुन् ।
उनले नेपाली दूतावास लण्डनमा आयोजित एक कार्यक्रममा वेलायतस्थित नेपाली समुदायका अगुवाहरुलाई समेत सम्बोधन गर्ने छन् ।
यस भ्रमणको दौरान कोइरालाले बेलायतका प्रमुख राजनीतिक नेतृत्व र नेपाली समुदायसँग अन्तर...
नेपाल । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरी बयान कागज गराएर छाडेको छ।
सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले उनलाई सीआइबीको कार्यालय लाजिम्पाटमा बोलाएर सोधपुछ तथा बयान कागज गरिएको थाहाखबरलाई जानकारी दिए ।
यसअघि कात्तिक २८ गते पनि सिआइबीले उनीसँग सोधपुछपछि बयान कागज गरेर छाडेको थियो । बैंक स्टेटमेन्टका विषयमा केन्द्रित रहेर सोधपुछ गरिएको सिआइबी स्रोतले जानकारी दिएको छ।
ललितपुरको मितेरी सहकारीको साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका महाप्रबन्धक ज्योति गुरुङसहित ५ जनाविरुद्ध सीआईबीमा उजुरी परेको थियो । ज्योति गुरुङ उनका पूर्वपत्नी हुन् ।...
नेपाल । मंगलबार बिहानै नेपालमा ठूलो भूकम्पको महाशुस गरिएको छ ।
चीनको दिङ्गे केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा शक्तिशाली भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प ७ म्याग्निच्यूडको हो ।
भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिब्बतको पर्छ ।
चिसो मौसम भएकाले काठमाडौंसहित देशभरीका अधिकांश मानिस सुतिरहेकै अवस्थामा भूकम्प गएको हो । भूकम्पको महशुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए ।
भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।...
नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीतिमा अनेक समस्या देखा परेको बताउनु भएको छ ।
आइतबार पार्टीको निर्वाचन आयोगको सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो । उहाँले वर्तमान अवस्थामा देखा परेका समस्या समाधान गर्न सकिने खाल भएको बताउनुभयो ।
पार्टीमा नेताको कमी नभएको तर, जनताको बीचमा जाने नेताको कमी रहेको बताउनु भयो।...